डी के वाइबा: कालेबुङ १६ फरवरी; गोर्खा जनमुक्ति मोर्चा प्रमुख बिमल गुरुङले कालेबुङमा माओवादी पसेको घोषणा गरेको ठिक १० दिन पछि आज सीआरपीले कालेबुङमा माओवादी पक्राउ गरेको अफावह फैलियो। उक्त अफावह यति जोडले फेलियो कि शहरमा सबै मानिसहरु माओवादी पक्रा भयो’रे भन्दै एकार्कमाझ कुराकानीहरु गारिरहेका थिए। चिया पसल, हाटबजार, मोटर स्ट्याण्ड आदि सबै ठाउँहरुमा नै आज मओवदी कै कुरा गर्दै कुराको सत्यता खोजिरहेका थिए। माओवादीको हल्ला फैलिन साथ खुफिया बिभागका मानिसहरु समेत यस बिषयमा खोज गर्न यता उता दौडधूप गरिरहेको देखियो। उक्त अफवाह कसले फैलायो भन्ने कसैले भन्न नसकेता पनि दिन भरी नै शहरमा मओवादीका चिन्ताले मानिसहरुलाई सताई रहेको थियो। यसबारे कालेबुङ थानामा जान्न खोज्दा कालेबुङमा यदि यस क्षेत्रमा सीआरपी आएर माओवादी अथवा कसैलाई पनो पक्राउ गरे त्यसको जानकारी स्तानिय थानालाई हुने थियो भन्दै यस कुरा केवल अफवाह मात्र रहेको थाना सुत्रले बताएको छ। थाना सुत्रले दिएको जानकारी अनुसार कालेबुङमा गत १२ फरवरीका दिन सिआरपी आएको तर कसैलाई पक्राउको निम्ति नआएर बिभागीय कतिपय काम लिएर आएको थप जानकारी दिएका छन्।
कालेबुङमा सीआरपीले माओवादी पक्रेको अफवाह
15Feb2012
Post a Comment