कालेबुंग | डी० के० वाइबा: चीन सरकार मुर्दावाद, तिब्बतीहरु माथिको अत्याचार बन्द गर, मानव अधिकारको हनन गर्नु पाउदैन " - आदि नाराहरु आज तिब्बती समुदायका मानिसहरुले रिले भोक हड्तालको अन्तिम दिन यहाँको डम्बर चौकमा जोडदार लगाए | तीन दिवसीय रिले भोक हड्तालको आज अन्तिम दिन ४८ जना तिब्बती समुदायका मानिसहरुले भाग लिएका थिए | रिजनल टिबेटीयन युथ कांग्रेस अनि रिजनल टिबेटीयान वुमेन एसोसिएसनको आयोजनामा सम्पन्न भएको उक्त तीन दिवसीय भोक हड्तालको समापन अवसरमा RTYC का अध्यक्ष सोनाम याखाले चीन सरकारले तिब्बती समुदायका मानिसहरुलाई अत्याचार यथासिग्रह बन्द गर्नु पर्ने माग गरे | चीन सरकारले तिब्बतमा आफ्नो कब्जा जमाएदेखि नै त्यहाँ मानव अधिकार हनन गरिरहेको आरोप लगाउदै यस विषयमा संयुक्त राष्ट्र संघले कुरा उठाउनु पर्ने माग गरे | संयुक्त राष्ट्र संघले मानव अधिकारको निम्ति बनाएको संविधान चीन सरकारले अवमान्य गरेर तिब्बतीहरु माथि अत्याचार गर्दा किन मौन भएर संयुक्त राष्ट्र संघले हेरिरहन्छ भन्ने प्रश्न गर्दै यस्ता मानव अधिकारको हनन गर्ने चीन सरकार विरुद्ध भारत सरकार र अमेरिकी जस्ता राष्ट्रहरुले कुरा उठाउनु पर्ने तिनले माग गरे | आज दिनोदीन अत्याचार बढिरहेको कारण नै तिब्बती समुदायका मानिसहरुले चीनमा आत्मदाह गरिरहेको बताउँदै यदी यस्तो निरङ्कुश साशन नरोकिए यस्ता आत्मदाह गर्नेहरुको संख्या दिनोदीन बढ्ने बताउदै मानव अधिकारको निम्ति सबै मानिसहरु जात, धर्म, संस्कृति र राष्ट्र नहेरी अघि आउनु पर्ने तिनले आह्वान गरे | मानव अधिकार फर्काइ ल्याउन अनि तिब्बतलाई चीन सरकारले फिर्ता गर्ने मागमा यस वर्ष तिब्बती समुदायका मानिसहरुले ल्होसार पालन नगरेर यसरी भोक हड्तालमा बसेको बताउँदै आगमी दिनमा चिन सरकारको सामग्री बहिष्कारको आन्दोलन व्यापक रुपले अघि बढाउने समेत तिनले चेतवानी दिए | यता रिले भोक हड्तालमा बसेका सबैभन्दा बृद्ध ७८ वर्षीय पासांग भोटियाले ल्होसार हाम्रो महान चाड हुँदा हुँदै पनि हामी मनाएनौ किन भने हाम्रो आफन्तहरु चिनमा मरिरहेको छन् भन्दै गहभरी आँशु पारे | चीन सरकारको अत्याचार कुनै पनि हालमा सहन नगर्ने प्रतिवधता जाहेर गर्दै चाहे आफ्नो ज्यान नै दिन परे पनि तयार रहेको तिनले बताए | तिब्बत चीनको कहिले नभएको दाबी गर्दै चीन सरकारले तिब्बत फिर्ता गरेर आफुहरुलाई न्याय दिनपर्ने माग गरे | यसै शिलशिलामा तिब्बती समुदायका मानिसहरुले आफ्नो आक्रोस पोख्दै साँझमा चीन सरकारको पुत्ला जलाएर दलाइ लामा जिन्दावाद र चीन सरकार मुर्दावादको नारा लगाए |
भविष्यमा चिनिया सामग्री बहिष्कारको आन्दोलन गर्ने चेतवानी संगै तिब्बती समुदायको भोक हड्ताल आज समापन
24Feb2012
Post a Comment