Mungpoo Self Help Group
मंग्पू | केशर मोक्तान: शुक्रबार रेशेप् ग्राम पंचायत अन्तर्गत वार्ड न० VI को " सयपत्री हस्त कला संघ " द्वारा राष्ट्रिय कृषि विभाग योजना द्वारा MGNREGS मार्फत सिडलिंग राइजिंग प्रोग्रामको उद्घाटन रेशेप ग्राम पंचायत सचिव के० पी० शर्माको बाहुलीबाट विरुवा बिज छरेर आरम्भ गरे | उल्लेखित सयपत्री हस्त कला संघले विगतमा पनि स्वनिर्भर हुनमा आफ्नो समुहका सदश्यवर्गलाई उचित दिशा निर्देश गर्दै अघाडी बढिरहेको सबैलाई विदितै रहेको छ |
यस नर्सरी उद्घाटन समारोहमा गाउँका शुभचिन्तक, समुहका सदश्यबर्ग लगायत ग्राम पंचायतको रिसोर्स पर्सन अनु परियारको सहयोगमा विभिन्न थरिका बिरुवाहरु नर्सरीमा तयार बनाएर बेचि समुहको उन्नति गर्ने लक्ष्य राखेका छन् | यसको मुख्य उदेश्य भविष्यमा पर्यावरण शुद्ध राख्नको निम्ति सरकारको यस योजनालाई समुहले व्यवहारिक रुप दिनपर्ने समुहका सदश्यहरुलाई सचेत गराए |

Post a Comment
We love to hear from you! What's on your mind?