डी के वाइबा: कालेबुङ 25 मार्च: विश्वविद्यालय अनुदान आयोगको प्रायोजना अनि भूगोल एवं अर्थशास्त्र विभाग,
कालेबुङ महाविद्यालय(Kalimpong College) को आयोजनामा महाविद्यालयको भवनमा दुईदिने राष्ट्रिय सङ्गोष्ठी आज समापन भयो। पूर्वी हिमालय क्षेत्रका मानव
एवं प्राकृतिक संसाधन-प्रबन्धनका निम्ति अन्तर्ज्ञानानुशासनमूलक दृष्टिकोण बिषयमा उक्त सङ्गोष्ठी सम्पन्न भएको थियो। कार्यक्रममा उत्तर बङ्ग विश्वविद्यालय, जादवपुर विश्वविद्यालय अनि सिक्किम विश्वविद्यालय लगायत बिभिन्न महाविद्यालहरूबाट विषय विशेषज्ञहरुको उपस्थिति रहेको
थियो। दुईदिवसिय कार्यक्रमको पहिलो दिनको उद्घाटन सत्रलाई उत्तर बङ्ग
विश्वविद्यालयका प्रा रजतशुभ्र मुखोपाध्यायले अध्यक्षता गरेका थिए। यस अवसरमा बिषय विशेषज्ञहरुले उअपस्थित मानिसहरुलाई मानव एंव प्राकृतिक संसाधन
प्रबन्धनहरुबारे अवगत गराए। छ वटा प्राविधक सत्रमा विभाजित कार्यक्रममा मोठ सत्रवटा सङ्गोष्ठी पत्रहरू बिषय विशेषज्ञहरुले प्रस्तुत गरे। यस अवसरमा जादवपुर विश्वविद्यालयका प्रा प्रणवेश सन्याल, प्रा बि सि शाह, प्रा ममता
देशाई, प्रा जेथा साङ्कृत्यायन, प्रा रजतशुभ्र मुखोपाध्याय, प्रा रहिम मण्डल अनि
डा आर पि ढकाल लगायत अन्यहरुको बिशेष
उअपस्थिति रहेको थियो। सङ्गोष्ठीको दोस्रोदिन कार्यक्रमलाई
चारवटा सत्रमा बिभाजन गरिअएको थियो भने पहिलो सत्रलाई प्रा अनिल भुइँमालीले अध्यक्षता गरेका थिए।दोस्रो दिनको सङ्गोष्ठीमा एक्काईसवटा सङ्गोष्ठी पत्रहरु क्रमैले प्रा अरविन्दो घोष, डा
सन्ध्या थापा, श्री मानिकलाल आचार्य, श्री कल्याणकुमार देवान, डा रुमा कुण्डू, डा
आर बेगम, प्रा सुवीर सरकार, श्री मनोजीत दासगुप्त, डा समिता चौधरी आदिले प्रस्तुत गरेका थिए।
दुवै दिनका सङ्गोष्ठी पत्र प्रस्तोताहरूले
पूर्वी हिमालय क्षेत्र मानवीय र प्राकृतिक संसाधनहरूको दृष्टिले सम्पन्न रहेको तर
उचित व्यवस्थापनको अभावले ती संसाधनहरूबाट स्थानीय जनमानस लाभान्वित हुन नसकेको
जानकारी प्रस्तुत गरे। सरकार र सन्दर्भित निकायहरूले मानवीय अनि प्राकृतिक
संसाधनहरूको प्रबन्धनमा उचित नीति अप्नाएर त्यसलाई कार्यान्वयन गरेको खण्डमा
त्यसले यस क्षेत्रलाई मात्रै नभएर राष्ट्रलाई नै लाभ पुऱ्याउने कुरा बताए। उपयुक्त
नीति र योजनापछि यस क्षेत्रका मानवीय अनि
प्राकृतिक संसाधनहरूको उचित प्रयोगपछि त्यसलाई भविष्यको निम्ति पनि सुरक्षित
राख्नुपर्ने कुरा अधिकांश सङ्गोष्ठी पत्रहरूमा उल्लेख गरिएको थियो।
सङ्गोष्ठीको समापन सत्रलाई जादवपुर
विश्वविद्यालयका प्रा अरविन्दो घोषले अध्यक्षता गरेका थिए। यस सत्रलाई विशेष रूपमा
उत्तर बङ्ग विश्वविद्यालयका प्रा द्युतिष चक्रवर्ती सम्बोधन गरे भने महाविद्यालयका
प्राचार्य डा आर पि ढकालले समापन सम्बोधन प्रस्तुत गरे।

Post a Comment
We love to hear from you! What's on your mind?