मंग्पू | केशर मोक्तान: लोहापूल हाइवे देखि रोंगचोंग (Lohapul Highway to Rongchong) सम्म जाने वर्तमान पुरानो बाटो ढेड कि० मी० सम्म पक्का सडकको विधिवत उद्घाटन एमएलए डा० रोहीत शर्माको बाहुलीबाट साथै दार्जीलिंग जिल्लापाल सौमित्र मोहन आई० ए० एस०(Darjeeling DM Saumitra Mohan) को उपस्थितिमा भयो | उद्घाटन कार्यक्रमलाई मंग्पू जोन मोर्चा सचिव रतन लामाले संचालन गरेका थिए भने उक्त बाटो उद्घाटनको शुभ मुहर्तमा रंजन झा एस० डी० ओ० खरसाङ, सोनाम साहेब जिल्ला योजना अधिकारी, राजु शर्मा कार्यकारिणी अभियन्ता एस० ए० आई०, भाष्कर मोक्तान खण्ड विकाश अधिकारी खरसाङ साथै रतन थापा संयोजक मंग्पू लाठपन्चर समष्टि तथा संगठानिक सचिव केन्द्रिय समिति मोर्चा आदिको उपस्थिति रहेको थियो | कार्यलाई सफलीभूत पार्न उपस्थित अतिथिवर्ग, मंग्पू जोन सभापति प्रदीप छेत्री, गगन राई दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन, मंग्पू जोन प्रतिनिधिवर्ग , रोंग्चोंग शाखा जनता आदि लाई स्वागत श्री रतन थापाले गरे | यो रोंग्चोंग क्षेत्र राष्ट्रिय सडक ढेड कि० मी० टाडो रहेपनि कुनै सरकारी सहुलियत प्राप्त भएको थिएन आजसम्म | यस क्षेत्रले कयौ वर्ष देखि समस्या झेल्दै आएको हो | यहाँको जनताको धेरै वर्षको सपना आज यहाँ आएर पुरा भएको बुझिन्छ | यति मात्र नभएर स्वयम जिल्लापाल नै उपस्थित भएर रोंग्चोंगको इतिहासमा एउटा नयाँ हरप नै जोडिएको छ भन्न गाह्रो पर्दैन भन्दै रतन थापाले सबैलाई अव्गात गराए | यस क्षेत्रमा रयांग खोलाको पानीले खेतीपाती नष्ट गरिदिन्छ त्यसर्थ उक्त खोलामा बाँध आवशयक रहेको साथै खोलाको पुरानो पूल तथा खाने पानीको समस्या सम्बन्धि पनि सम्बन्धित अधिकारीवर्गलाई संयोजक रतन थापाले आफ्नो भाषणमा जानकारी गराए | यसै क्रममा जिल्लापाल सौमित्र मोहनले सम्पूर्ण उपस्थितिलाई अनि आफू स्वायमलाई न्यानो स्वागत जनाएकोमा हार्दिक कृतज्ञता जनाए | यस क्षेत्रको बाटो, पूल तथा अन्य समस्याको निम्ति जिल्लापालको पक्षमा संधै साथमा रहेको बताए | हामी संधै यस क्षेत्रहरुको समस्याहरुको समाधानार्थ अग्रसर रहने पनि तिनले बताएका छन् |
यसरी नै डा० रोहित शर्मा एमएलए खरसाङ महकुमा ( Dr. Rohit Sharma,MLA Kurseong Sub Division)ले भने - तपाइँहरुको सपना पुरा भएको छ भन्दै रोंग्चोंग बासीलाई सम्बोधन गरेर गरेर समस्त अधिकारीवर्गलाई पनि कृतज्ञता प्रकट गरे | यसरी नै यस क्षेत्रमा बाँध, स्वास्थ्य केन्द्र आदिको समस्या पनि छिट्टै समाधान गर्ने बताएका छन् | शर्माले बाटो निर्माण एजेन्सी गार्गो कम्पनीलाई उक्त सडक एउटा नमुनाको रुपमा असल सडक बनियोस भनी अनुरोध पनि गरे | कार्यक्रम पस्चात संयोजक रतन थापा तथा रोंग्चोंग शाखा(Rongchong Branch) को नेतृत्वमा रोंग्चोंग क्षेत्रको स्थलगत झोलंगे पूल, रयांग खोलाको किनार , पुरानो सडक तथा वरिपरीको क्षेत्रको भ्रमण गरे |
सडक निर्माण २८ मार्च देखि शुरु हुने हुनाले सम्पूर्ण रोंग्चोंगबासी हर्षको लहरमा झुमेका छन् |

Post a Comment
We love to hear from you! What's on your mind?