एनएचपी द्वारा मंग्पूमा नि:शुल्क आँखा जाँच शिविर आज सम्पन्न

मंग्पू | केशर मोक्तान: टिस्टा जल विधुत परियोजना चरण तीन एनएचपीसी अनि सिलिगुडी ग्रेटर लाइन्स आँखा अस्पताल (NHPC Teesta Hydel Project Stage 3 and Siliguri Greater Lion's Eye Hospital) को संयुक्त तत्वधानमा एवम मंग्पू  मोटर कर्मचारी कल्याण संगठनको आयोजनामा स्थानीय सरस्वती उच्च विधालयमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भयो | उक्त शिविरको उद्घाटन एनएचपीसी महिला कल्याण संगठन अध्यक्षा अनिता बर्माको बाहुलीबाट भयो | यस शिविरमा ५४१ आँखाका रोगीहरुले आफ्नो आँखाका जाँच गराए भने आज नै तीस जना विरामीहरुलाई मोतिबिन्दु  अपरेशन गर्नको निम्ति सिलिगुडी लान्स आँखा अस्पताल लगियो | मोतिबिन्दु हुने रोगीहरुलाई अपरेशन हेतु नि:शुल्क आँखाको सर्जरी गरिदिने प्रबन्ध एनएचपीसीबाट गरिएको छ | आज बिहान ९ बजे देखि शुरु भएको शिविरमा बेलुकी ४ बजेसम्म नै रोगीहरुको भिड रहेको थियो | शिविरमा सिलिगुडी लान्स आँखा अस्पताल तथा एनएचपीसी का डाक्टरहरुले रोगीहरुको आँखा जाँच गरे भने एनएचपीसी सिबिलका चिफ इन्जिनियर एस० पी० मुकर्जी लगायत अन्य अधिकारीहरुको उपस्थिति रहेको थियो | आज आँखा जाँच गरिएका १६७ विरामीहरुलाई केहि दिन भित्रमा नि:शुल्क चश्मा वितरण गरिने भएको छ | शिविरलाई सम्बोधन गर्दै एनएचपीसी महिला कल्याण संगठन अध्यक्षा अनिता बर्माले आगमी दिनमा पनि यस क्षेत्रमा यस प्रकारको नि:शुल्क स्वास्थ्य जाँच र आँखा जाँच शिविरहरु गर्ने बचन दिएका छन् | गरिब परिवारका बिरामीहरुलाई अध्यक्षा अनिता बर्माको बाहुलीबाट ५० वटा कम्बल र रम्बी प्राथमिक पाठशालाका विधार्थीवर्गलाई ६१ वटा स्कूल ब्याग वितरण गरियो |
शिविरमा मोर्चा मंग्पू जोन सचिव रतन लामा, अध्यक्ष प्रदीप छेत्री , मंग्पू मोटर कर्मचारी कल्याण संगठन(Mungpoo Motors Workers Welfare Association) का प्रतिनिधिवर्ग उपस्थित थिए | 
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.