डी के वाइबा: कालेबुङ ३ मार्च: “अब चाँडै जीटीए गठन हुँदैछ, जीटीए गठन भए हामी हाम्रो ठाउँको राम्ररी बिकास गर्न सक्छौं। हामीलाई मुख्य मन्त्रीले डेलोमा बसेको बैठकमा जीटीए लकभग १० - १२ दिनमा गठन हुने आश्वासन दिएका छन्। सरकारले गर्नु पर्ने काम सबै पुरा गरिसकेको छ अब राष्ट्रपतिको मोहर लागेपछि यो कानुन बनिएर कार्यन्वय हुनेछ” – उक्त कुरा गोजमुमो महासचिव रोशन गिरीले बर्मेक हल्पुमा आयोजित जनसभालाई सम्बोधन गर्दै भनेका हुन्। तिनले जन समुहलाई सम्बोधन गर्दै जीटीएको निम्ति मोर्चाले सकारात्मक आश्वासन पाए पनि गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँनको निम्ति पनि सबै मानिसहरु तयार बस्नु पर्ने आह्वान गरे। मोर्चा प्रमुखले सरकारलाई जीटीए गठनको समय सिमा तोकिदिएको बताउँदै यदि तोकिएको समयमा जीटीए गठन नभए मोर्चाले निश्चित रुपले आन्दोलन अघि बडाउँने तिनले घोषणा गरे। तिनले जनसभामा हिज मुख्यमन्त्री सित भएको बैठक बारे अवगत गराउँदै गोर्खाल्याण्डको मुल मुद्दामा मोर्चा अडिक रहेको मानिसहरुलाई बताए। जीटीएलाई मोर्चाले आन्दोलनको रणनीतिको रुपमा हेरेको बताउँदै यदि समयमा जीटीए नभए आन्दोलनको निम्ति मानिसहरु अहिलेदेखिनै तयार बस्नु भनि आह्वान गरे। यसै अवधी यदि सरकारले तराई डुवर्स बिनाको जीटीए दिन खोजे स्विकार नगर्ने बताउँदै तराई डुवर्सको भु भाग मोर्चाले नछोड्ने प्रतिबद्धता जाहर गरे। तिनले तराई डुवर्सको भू भाग सम्बन्धि मुख्यमन्त्रीले हाई पावर कामिटिलाई यथाशिघ्र काम गर्न भनि निर्दैश दिएको बताउँदै तराई डुवर्सबिना जीटीए गठन गरेर चुनाव गर्न खोजे त्यो सरकारको दुस्वपना रहेको दाबी गरे।
Post a Comment
We love to hear from you! What's on your mind?