तीनकटहरे घटनाकाण्डले छत्रे सुब्बा,अमर लामा,नोर्देन लामा, एन० टी० मोक्तान एसीजीएम अदालतमा

कालेबुंग |डी० के० वाइबा : एघार नोभेम्बर २००० को दिन कालेबुंग महकुमा अन्तर्गत जलढका थाना क्षेत्र अधिनरथ रहेको तीनकटहरे जंगलमा भएको गोलीकाण्ड घट्नाको आज यहाँको एडिसनल चिफ मेजिस्ट्रेट अदालतमा सुनवाई हुने क्रममा एकजना आरोपी उपस्थित हुन नसक्दा कुनै सुनवाई हुन सकेन | उक्त घट्नाकाण्डका मुख्य आरोपीहरु मध्ये विगतका जीएलओ प्रमुख छत्रे सुब्बा, अधिवक्ता अमर लामा, गोजमुमो नेता नोर्देन लामा, गोरनिमो पार्टीका एन० टी० मोक्तान, विजय छेत्री लगायत अन्यहरू अदालतमा हाजिरी दिन उपस्थित रहेका थिए | मोठ १९ जना आरोपीहरु मध्ये ५ जना आरोपीहरुलाई अदालतले अगावै भगौडे घोषणा गरेको कारण आज १४ जना आरोपीहरुले अदालतमा सुनवाईको अवधी उपस्थिति दिनु पर्ने भएको थियो | उक्त १४ जना आरोपीहरु मध्ये १३ जनाले उपस्थिति दिए पनि एकजना आरोपी आकाश गुरुङ उपस्थित हुन नसक्दा कोर्टका न्यायधिश राना दामले आगमी १२ अप्रेलको दिन उपस्थित हुनपर्ने मिति निर्धारण गरेका छन् | यसै अवधि अदालतले अगावै भगौडे घोषणा गरेका ५ जना आरोपीहरु मध्ये राजेन राईले गत २७ मार्च २०१२ को दिन अदालतमा आत्मसमर्पण गरेको कारण आज तिनलाई पनि अदालतमा उभाईएको थियो |

स्मरण  रहोस ११ नोभेम्बर २००० को दिन तीनकटहरे जंगलमा जंगीहरुले शसस्त्र प्रशिक्षण लिइरहेको सुचनाको आधारमा पुलिसले उक्त जंगीहरु विरुद्ध धावा बोलेका थिए | पुलिसले धावा बोलेपछि दुवै पक्षमा संघर्ष चल्दा एकजना होमगार्ड अनि एकजना जंगीको मृत्यु समेत भएको थियो | उक्त घटनाकाण्डलाई जीएलओ प्रमुख छत्रे सुब्बा सित जोडेर हेर्ने काम भएपछि त्यस समय तिनीसितै काम गर्नेहरु वर्तमान गोजमुमो नेता नोर्देन लामा, अधिवक्ता अमर लामा, विजय छेत्री तथा विगतका गोरामुमो नेता एन० टी० मोक्तान लगायत १९ जना मानिसहरुको नाम उक्त घटनासित जोडिन पुगेको छ | ती आरोपीहरु मध्ये ५ जना अगावै भगौडे घोषित भएपनि एकजनाले २७ मार्च २०१२ को दिन आत्मसमर्पण गरेको हुनाले तिनी पुलिस हिरासतमा छन्  भने अन्य आरोपीहरु क्रमैले महेश प्रदान, रमेश प्रदान, मदन गजमेर अनि रितमान राई भने अझै लापता रहेका छन् | यस मध्ये छत्रे सुब्बा लगायत अन्य १४ जना भने अहिले घरि जमानतमा छुटकारा पाईसकेका छन् | उक्त घट्नाको आज सुनवाई अवधिमा जमानतमा छुटेका सबै उपस्थित भएको भए तल्लो अदालतले माथिल्लो श्रेणीको अदालतमा मुद्दा हस्तान्तरण गर्ने थियो भन्ने सुत्र मार्फत जानकारी पाइएको छ | 
उक्त मुद्दाको सुनवाई अवधि अदालतमा उपस्थित दिन आइपुगेका गोजमुमो पार्टीबाट राजिनामा दिसकेका अधिवक्ता अमर लामाले पत्रकारहरुसित कुराकानी गर्दै आफू निर्दोष रहेको दाबी गरे | 'मैले तीन कटहरेको जंगल देखेको समेत छुइन | उक्त घट्नासित मेरो नाम कसरी जोडियो भन्ने कुरा समेत थाहा छैन | आशा छ चाडै छुटकारा पाउनेछु " - अमर लामाले भने | तिनले तीन कटहरे घटनाकाण्ड धेरै पुरानो रहेपनि यस घटनासित पुलिसले दर्ता गरेको चार्जसिटमा आफ्नो नाम जोडिएर  आरोपी बनिसकेको कुरा भने भर्खर थाहा पाएको जनाए | 
यता अदालतमा आफ्नो उपस्थिति दिन आएका छत्र सुब्बा, गोजमुमो नेता नोर्देन लामा, विगतका गोरामुमो नेता एन० टी० मोक्तानले भने कसैलाई सम्बोधन गरेनन् | यति मात्र होइन छत्रे सुब्बासितै जेल बसेर तिनीसितै जेलबाट छुटेका विजय छेत्रीले पनि पत्रकारहरुसित कुनै कुराकानी गर्न चाहेन |
Read latest post filed under regional news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.