डी के
वाइबा: कालेबुङ 25 मार्चः कालेबुङमा पुन: हत्याको मामला अघि आएको छ। घट्ना शनिबार बेलुकी
भएको हो। जानकारी अनुसार चालक योगेश प्रधान (23)को हत्या पेसेन्जर बिषयलाई लिएर भएको
झग़डामा हत्या भएको हो। तिनी यहाँको नोभेल्टि परिसरमा पेसेन्ज पुर्याएर दश माईल
स्ट्याण्डमा वाहन राख्न पुगेको समयमा अर्का चालक अविनाश छेत्रीसित झग़डा सुरुभएको
थियो। दुई चालकबिच पेसेन्जर बिषयलाई लिएर झगडा सुरु भएको थियो। अविनास छेत्रीले
मेरो पेसेन्जर किन लगिस भनेर योगेश प्रधानलाई भन्दा उक्त भनावरीले झग़डाको रुपलिएको
थियो। त्यसैबेला अविनाशले आफ्नो पितालाई बोलाएर
बाऊ छोरा भएर योगेशलाई कुट्न शुरू गरेको मृतकमा पिता डीबी प्रधानले आरोप लगाए। तिनले उक्त झगडाले
निकै ठूलो रुप लिएपछि छोरा
योगेश आफुकहॉं
भागेर आइपुगेका बताउँदै आफु पनि भेन एसोसिएसनको सहल्लाहकार भएको नाताले
एसोसिएसनका अध्क्षलाई लिएर घटनास्थलामा पुगेको जानकारी दिए।
त्यसैबेला अविनाशको पिताले मेरो छोराको टाउकोमाथि रटले प्रहार गर्यो भनि मृतकका पिता डीबी
प्रधानले दाबी गरे। तिनले
आफ्नो अघिनै छोराको हत्या भएको बताउँदै हत्यारालाई कठोर सजाय दिनुपर्ने माग गरे। तिनले योगेशलाई छुरी अनि रड बोकेर बाबु-छोराले
खेदेको देख्नेहरू पनि थुप्रै रहेको प्रधानले बताए। दिनेशले रटले योगेशलाई टाउकोमा
प्रहार गरेपछि त्यसैबेला उनलाई स्थानीय नर्सिङ होममा भर्ना गरिएको थियो भने सही
नर्सिङ होममा राती 10.30 बजीतिर
योगेशको मृत्यु भएको हो। आरोपी दिनेश छेत्री(51) लाई पुलिसले पक्राउ गरेको छ। पक्रा परेका
दिनेशविरूद्ध आपीसी धारा 304 अन्तर्गत
मुद्दा दर्ता गरिएको छ। घटनाले आज दिनभरि नै कालेबुङमा तनाउग्रस्त स्थिति
बनाइरह्यो। महकुमा अस्पलालमा पोष्टरमर्टम गर्न मतृक युवकलाई ल्याएको समय मोर्चा शीर्षस्थ
नेतृत्व लगायत जुस्लो सदस्यहरूको व्यापक भीड जमेको थियो। अर्कोतिर, चालक अविनाश छेत्रीलाई पनि पक्राउ
गर्नुपर्ने बताउँदै फेरि थानामा प्राथमिकी दर्ता गरेको छ। घटनालाई सोझो रूपमा
हत्या बताइएको भएपनि भोली पोष्टमोर्टम रिपोर्टपछि नै घटनाको रहस्य अझ खोलिने भएको
छ।

Post a Comment
We love to hear from you! What's on your mind?