डी के
वाइबा: कालेबुङ, 25 मार्चः के दार्जीलिङ पहाडमा शान्ति श्रृङखला कतिपय मानिसहरुले भङग गर्न खोजिरहेका छन ? अहिले यो प्रश्न निकै गम्भिर बनेको
छ। दार्जीलिङ पहाडको सर्वबृहत राजनैतिक दल गोर्खा जनमुक्ति मोर्चा पार्टीका
उपाध्याक्ष कल्याण देवानले पुलिस बिभागमा लेखेको पत्रले यहीँ प्रश्नलाई टट्कारो
बनाईदिएको छ। यसै सिलसिलामा कालेबुङमा कतिपय संग्धिग्ध व्यक्तिहरूको चलखेल भइरेको
प्रसङ्गलाई आज फेरि गोजमुमोले पार्टीले पुन: उठाएको छ। गोजमुमो पार्टीले जनताको सुरक्षालाई महत्वपूर्ण मानेको
कारण जनताहरुलाई कुनै असुबिधा हुन नदिन सन्दिग्ध व्यक्तिहरुको कुरा उठान गरेर
मोर्चाले पुलिस थानामा प्राथामिकी दर्ता गरेक्प मोर्चाले आज पुन: दोहरायो।
पार्टीका उपाध्यक्ष कल्याण देवानले उठान गरेको सन्दिग्ध व्यक्तिको कुरालाई जोड
दिदै गोजमुमो सह सचिव बिनय तामङले यो एक्दमै चिन्ताको बिषय रहेको बताए। सन्दिग्ध
व्यक्तिहरुबारे प्रशासनले ध्यान केन्द्रित गर्नुपर्ने तिनले बताउँदै यो कुनै पनि
क्षेत्रको निम्ति मात्र नभएर देशकै निम्ति खत्राको बिषय रहेको तिनले दाबी गरे। तिनले गोजमुमो
पार्टीले जनतालाई सुरक्षा प्रदान गर्न चहॉंन्छ भन्ने दाबी गर्दै यहॉं कतिपय असामाजिक तत्वहरुले शान्ति श्रृङखला बिगार्ने प्रयास गरिरहेको आरोप लगाए। यसै क्रममा तिनले कालेबुङमा
सशत्र आन्दोलन गर्ने हल्ला पनि अघि आइरहेको छ भन्ने कुरा बताउँदै सशस्त्र आन्दोलनको मोर्चाले जोडदार
बिरोध गर्छ भने। तिनले सशस्त्र आन्दोलनद्वारा कुनै लक्ष्य
प्राप्त हुँदैन भन्ने दाबी गर्दै
यो केवल मानिसहरुमा आतङक सृजना गर्न बाहेक अन्य केहि हुन नसक्ने तामङले जनाए। तिनले एलटीटी, श्रीलङ्का, खालिस्तान, लाई उदाहरण दिँदै सशस्त्र आन्दोलनले कदापी लक्ष्य प्राप्त
गर्न नसिकिने दाबी गरे। यसैअवधी मोर्चा आज विपक्षीमाथि पनि जोडले
वर्षियो। धेरैले मार्चालाई गोर्खाल्याण्ड ड्प गर्यो भनेर भनिरहेको बताउँदै
जीटीएलाई सही रूपमा सञ्चाल गरेर जीटीएलाई यथार्थमा परिणत गरेपछि नै
गोर्खाल्याण्डमा जाने पनि मार्चाको जनभेललाई सम्बोधन गर्दै तिनले भने। मोर्चा
प्रवक्ता एवं विधायक डा. हर्कबहादुर छेत्रीले आज विपक्षीहरूलाई मनिटरको संज्ञा
दिए। ‘ विपक्षी दलहरूले मोर्चाको कार्यक्रमलाई
मात्र आलोचना नगरोस्। कार्यक्रम छ भने आफ्नो कार्यक्रम गरेर देखाओस्। मनिटर
जस्तो भएर मोर्चालाई यस्तो भएन उस्तो भएन नभनोस्’-डा. छेत्रीले भने। मोर्चलाई आलोचना गर्ने विपक्षीहरूले
आजसम्म तराई-डुवर्सको निम्ति एउटै पनि कायक्रम गर्न नसकेको तिनले बताए। ‘गोर्खालीगले यदि मोर्चाको विरोध गर्छ भने 78 सालमा गोर्खालीग सिद्धार्थ शंकर रायसित ननॉंचेको
भए आज माल-मटेली छोडिने थिएन। गोरामुमोले त झनै दागोपापको सम्झौता गर्दा सिलगढी
छोडिसकेको छ। जुन सिलगढी अनि तराई-डुवर्सलाई फर्काइल्याउने दिशामा हामीले कार्य
गर्न परिरहेको छ।’-डा.
छेत्रीले भने। गोजमुमो पार्टीको
जन्म पछि आफुहरुले सबै क्षेत्रमा राम्रो काम गर्न सकेको दाबी गर्दै हिजको भूलहरुको
कारण नै आज मोर्चालाई लक्ष्य प्राप्तीको बाटोमा अनेकौ अड्चनहरु आईरहेको डा
छेत्रीले दाबी गरे।

Post a Comment
We love to hear from you! What's on your mind?