डी के वाइबा: कालेबुङ, 3 मार्च। प्रगतिशिल युवा कवि टिका भाईको तेस्रो कविता संकलन ‘पाईताला तलतिर’ को आज यहाँको हिमालयन होटलको कन्फरेन्स हलमा बिधिवत लोकार्पण गरियो। उपमा पब्लिकेशन र बसिबिँयालो परिवारको आयोजनामा सम्पन्न कार्यक्रममा मुख्य अथिताका रुपमा उपस्थित कालेबुङका बयोबृद्ध कवियत्री सानुमति राई, टी बी ठकुरी, कथाकार सञ्जय बिष्ट अनि युवा कवि राजा पुनियाले पाईतला तलतिर कविता संग्रहको बिधिवत लोकार्पण गरे पछि राजा पुनियानीले पुस्तक बिमोचनको औपचारिक घोषणा गरे। पुस्तक बिमोचन कार्यक्रममा कवि टिका भाईले नयाँ तक्निकी फेसबुकको पनि प्रयोग गरेर कार्यक्रमलाई ऐतिहासिक बनाए। यता पुस्तकको औपचारिक बिमोचन संग संगै उता फेसबुकमा पनि प्रोजेक्टर लगाएर कवि टिका भाईले आफ्नो प्रोफाएलमा कृतिको बिधिवत लोकार्पण गरे। मञ्च र फेसबुकमा एकैचोटी, एकै समयमा पाइलातल्तिरको विमोचनले इतिहास नै रच्यो-कवि सुबास सोताङले हल्लै गरिरहेका भने। कवि टिका भाईले प्रमका कविता लेख्दै लेख्दैनन् भनि राजा पुनियानीले सम्बोधन गर्दै भने। प्रोजक्टरबाट फेसबुकमा टीकाभाइको विमोचन भएको सबैले देखे।
हेर्दाहेर्दै काठमाण्डौका कवि भूपिन व्याकूल लगायत विश्वभरि छरिएकाहरुले टिका भाईका नेपाली पाठखहरूको लाइक र कमेन्टको भीड जम्यो। उता लाइक र कम्नेट चर्किरहेको बेला यता कथाकार शमशेर अलिले टीकाभाइमाथि कुरा राख्दै भनिरहेका थिए, टीका सॉंच्ची कै कवि हुन्। तिनी आफैमा हज्जार कविता। जनताका कवि। पाइतालातल्तिर पनि सास फेर्दै बसिरहेकाहरूका कवि। कवि टीकाको कवित्वले उन्मुक्तिको निकास खोजिरहेको देखिएको शमशेर अलीले सुनाए। जति विमोचन रोमाञ्चक उति नै रोमाञ्चक कविहरूको जवान उपस्थिति। नयाँ तरिकाले आयोजना गरिएको पुस्तक बिमोचन कार्यक्रममा फेसबुकमा लाईक बटम थिच्नेहरुको संख्या बडीरहेको समयमा कवि भूपेन्द्रले कालेबुङमा च्यानलहरू बन्द गरेको रिस्मा लेखेका कविता वाचन गरेर सबैलाई मख्ख पारे। यसरी नै कार्यक्रममा कवि सुवास सोताङले मिठो कविता वाचन गरे भने कवि राजा पुनियानीले पनि उत्तिक्कै जोसपूर्ण कविता वाचन गरे। टीका भाइले सबैलाई सम्बोधन गर्दै म आमाको नजिक छुइनँ तर, आमाको नजिक मेरो कविता छ। कविता खोज्न म तिनीसित नै चिउरा चपाउँदै बसें। पिल्सिएको पहाड र सुकेको खेत पुगें। समाजको नजिकनजिक पुगें र थाहा पाएँ, सबैसबै पाइताला तल्तिर नै रहेछन् र कविता लेखें कविता संग्रह तयार बनिनुको धरातल स्पष्ट पारे। टी बी ठकुरीले अध्यक्षता गरेको कार्यक्रमलाई कवि मनोज बोगटिले सञ्चालन गरेका थिए।

Post a Comment
We love to hear from you! What's on your mind?