दार्जीलिङ तराई डुवर्स प्लानटेसन लेबर युनियनको बर्मेकमा जनसभा

डी के वाइबा: कालेबुङ ३ मार्च; दार्जीलिङ तराई डुवर्स प्लानटेसन लेबर युनियन (दातडुप्लायु) सिन्कोना जोन(Dajeeling Terai Dooars Plantation Labour Union Cinchona Zone) केन्द्रिय समितिको आयोजनामा आज बर्मेक हल्पु जनमैदानमा सिन्कोना बगानमा गोजमुमोले आजसम्म ल्याएका पलब्धिहरुबारे जानकारी गराउँन जनसभा डाकेको थियो। उक्त जनसभामा मुख्य अथितिका रुपमा गोजमुमो केन्द्रिय समितिका महासचिव रोशन गिरी उपस्थित रहेका थिए भने कालेबुङका बिधायक डा हर्कबहादुर छेत्री बिशिष्ट अथितिका रुपमा उपस्थित रहेका थिए। उक्त जनसभालाई सम्बोधन गर्दै मजदुर सगठन सिन्कोना जोनका महासचिव गगन राईले सवागत भाषण राखे भने अध्यक्ष गोपाल रुचालले गोजमुमो पार्टीको गठनकाल पछि सिन्कोना बगानको समस्याहरु समाधान धेरै हुन सकेको दाबी गरे। तिनले सिन्कोना बगानको समस्याहरु आजसम्म गोजमुमो पार्टीको गठन पछि मात्र धेरै समाधान हुन सकेको दाबी गर्दै बिपक्षी राजनैतिक पार्टीहरुले भने आज सम्म केहि गर्न नसकेको आरोप लगाए। गोजमुमो पार्टीको भातृ संगठन दातडुप्लायुले मजदुरहरुको समस्या समाधान गर्न धेरै चोटि आन्दोलन गरेको कारण नै अहिले मजदुरहरुको दैनिक हाजिरा समेत बृद्धि भएर एक १ सय ७१ रुपीया हुन सकेको दाबी गरे| अहिले सिन्कोना बगानको सुदृडीकरणको निम्ति गोजमुमो पार्टी अनि मजदुर संगठनले विबिध कार्यहरु गरिरहेको बताउँदै हाल बन्द अवस्थामा रहेको सिन्कोना कारखाना, डाईजेनिन कारखाना, अनि ईमेटिन कारखाना सरकारले यथाशिघ्र सञ्चालन गर्नु पर्ने माग गरे| दार्जीलिङ पहाडमा चिया पछि दोस्रो सर्वबृहत उधोग मानिने सिन्कोना जीटीएमा अन्तर्भुक्त हने दाबी गर्दै यसलाई बँचाएर राख्न सबै बगानवासीको कर्तब्य रहेको तिनले जानकारी गराए। यसरी नै मजदुर संगठन दातडुप्लायुका प्रमुख सल्लाहकार एंव गोजमुमो सांगठनिक सचिव रतन थापाले सिन्कोना बगानको समस्याहरु समाधान गर्न मोर्चाले थुप्रै कार्यहरु गरिरहेको दाबी गर्दै बगानमा कतिपय पार्टी भित्र कै नेताहरुले ब्यक्तिगत स्वार्थको निम्ति काम गरिरहेको बताए। तिनले नेताहरुले ब्यक्तिगत स्वार्थको निम्ति होईन तर मजदुरहरुको समस्या समाधान गर्न काम गर्नु पर्ने सुझाव राख्दै पार्टीको बद्नामा गर्ने नेताहरुलाई पार्टीले कार्वाही गर्ने चेतावनी दिए। सिन्कोना बगानका कतिपय मजदुरहरुलाई बढोत्तरीको प्रलोभन देखाएर गोजमुमो पार्टी भित्रकै मजदुर संगठनका नेताहरुले पैसा खाने काम गरिरहेको आफुहरुलाई गुनासो प्राप्त भईरहेको बताउँदै यस्ता पैसा खाने मानिसहरुलाई जनताले नै भबिष्यमा लात लगाउँन सक्ने जनाए।
अर्कोतिर मोर्चा महासचिव रोशन गिरीले जनसभालाई सम्बोधन गर्दै सिन्कोना बगान जीटीएमा अन्तर्भुक्त हुने दाबी गरे। मोर्चाले सिन्कोना बगानको समस्याहरु समाधान गर्न हरेक प्रकारको काम गर्ने आश्वासन दिंदै सरकारले सिन्कोना कारखाना पुन: उद्धार गरेर सञ्चालन गर्नु पर्ने माग गरे। छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा सिन्कोनाबासीले महत्वपूर्ण योगदान दिएको बताउँदै जीटीए गठन भएपछि सिन्कोनालाई ब्यवस्थित तरिकाले बिकास गरेर अघि लाने तिनले बताए। यसै सिलसिलामा कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले सिन्कोना बगानमा रहेका समस्याहरु समाधान गर्नको निम्ति आगमी बिधानसभाको सत्रमा कुरा उठन गर्ने आश्वासन दिए। हाल बिपक्षी राजनैतिक दलका नेताहरुले बिधायकहरुले काम गरेन भनेर आरोप लगाईरहेको सन्गर्भमा टिप्पणी गर्दै बिधान सभाको खुट्किलो नदेख्नेहरुले गरेको कुरामा जनताले बिश्वास गर्न नहुने तिनले आह्वान गरे। दोर्जे तामङको अध्यक्षतामा भएको उक्त जनसभामा स्टडी फोरमका सदस्य आर्बी भुजेल, दिपेन शेर्पा बारुद थापा आदिले सम्बोधन गर्दै बिपक्षी पार्टीहरुलाई बिना सित्तैको आरोप नलगाउँने सुझाव राखे।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.