डी के वाइबा : कालेबुङ ३ मार्च: दुई दिवसिय भ्रमणमा प्रथम पल्ट कालेबुङ आईपुगेकी पश्चिम बङ्गालकी मुख्य मन्त्री ममता ब्यानर्जी आज कालेबुङबाट कोलकता प्रस्थान भईन्। तिनी यहाँबाट लकभग साँढे एघार बजे प्रस्थान भईन्। दार्जीलिङ पहाड ९ महिनामा ६ चोटि आउँने मुख्यमन्त्री ममता ब्यानर्जी प्रथम पल्ट कालेबुङ आउँदा तिनले पक्कै सम्बोधन गर्नेछन् भनेर जनताहरुले अपेक्षा गरेका थिए तर, तिनी चुपचाप कोलकता फर्किन। तिनको आगमनमा मानिसहरुले भब्य स्वागत गरेको थियो यस अवसरमा तिनले केवल हात हल्लाएर अभिवादन स्वीकार मात्र गरिन् सट्टमा जनतालाई एक शब्द पनि सम्बोधन गरिनन्। दार्जीलिङ पहाडलाई स्वीजरल्याण्ड बनाउँछु भनेर घोषणा गर्ने मुख्य मन्त्रीले हिज गोजमुमो अनि पर्यटन बिभागका अधिकारीहरुसित डेलो टुरिष्ट लजमा बैठक गरिन अनि दुई दिनमा यहाँको डा ग्राह्म होम्स बिद्यालय, कन्या उच्चतर माध्यमिक बिद्यलय र पाईन भ्यू नर्सरीको परिभ्रमण गरिन। तर तिनले न त मिडीया कर्मीहरुलाई सम्बोधन गरिन न त स्थानीय जनतालाई नै सम्बोधन गरिन। हात हल्लाउँदै कालेबुङ आईपुगेकी मुख्यमन्त्री हाल हल्लाउँदै कालेबुङबाट गईन तर चुप बसेर नै गईन्।
Post a Comment
We love to hear from you! What's on your mind?