Ratan Thapa |
मंग्पू |केशर मोक्तान: मंग्पू लाठ पन्चर समष्टिलाई जीटीएको सिमांकनमा २२ नम्बर लाब्दा मंग्पू समष्टि र ३२ नम्बर सिटोंग लाठ पन्चर समष्टिमा विभाजन गरिएपछि हालसम्म दुइटै समष्टिभित्र कुशल नेतृत्व दिइरहेका गोजमुमो केन्द्रिय समिति सांगठनिक सचिव रतन थापा(Ratan Thapa,Convener, Central Committee Gorkha janmukti Morcha,Mungpoo-Lathpanchor Constituency) ले नै आगमी दिनमा पनि लाब्दा मंग्पू समष्टिको देखरेख गर्ने मोर्चा मंग्पू जोन सचिव रतन लामाले पत्रकारहरुलाई जनाएका छन् | पहिले २१ वर्ष गोरामुमो शासनकालमा पनि सही नेतृत्व नभएकोले नै मंग्पू बिकासको क्रममा धेरै नै पछाडिनु परेको थियो भने अब फेरि त्यस्तो हुनु र बिगत दिनहरुमा जस्तै मंग्पू पछाडिनु हुँदैन र मंग्पूले गोजमुमो गठनकालको शुरु देखि नै सही नेतृत्वको रुपमा रतन थापालाई पाएको हो र आगमी दिनमा यस क्षेत्रलाई चौतर्फी बिकास गर्नको निम्ति रतन थापाले नै नेतृत्व दिनुपर्ने कुरोमा आशावादी रहेको कुरो जोन सचिव श्री लामाले बताएका छन् | मोर्चा मंग्पू जोनले आन्दोलन गरेको उम्मेदवार जन्माउँछु भनेर अनि नेता बन्ने उदेश्यले होइन | पहिलेको २१ वर्षे शासनकालमा पनि हामी ठगिएका थियौ र अब फेरि पनि ठगिनु हुँदैन | हामीलाई आज यस क्षेत्रको निम्ति बिकाशको धेरै नै खाँचो छ र सही नेतृत्वको कारण मंग्पूको बिकाश हुने जोन सचिव लामाले बताए भने मंग्पू जोन मोर्चाकै अध्यक्ष प्रदीप छेत्री(Pradeep Chettri,Gorkha Janmukti Morcha Mungpoo Zone) ले पनि सोही कुरालाई दोहोराउँदै हामीले नेता बन्नुलाई पार्टी गरेको होइन तर मंग्पूको बिकाशको निम्ति हामी अघि आएका हौँ र मंग्पूलाई बिकासको क्रममा अघि लैजान रतन थापाले सही नेतृत्व दिने पत्रकारहरुलाई जनाए |
यस विषयमा पहिले मंग्पू लाठ पन्चर समष्टिमा कुशल नेतृत्व गरिरहेका क्षेत्रीय संयोजक एवम मोर्चा केन्द्रीय समितिका सांगठानिक सचिव रतन थापासित प्रश्न राख्दा उनले अलग समष्टिको निम्ति नेतृत्व दिएको होइन माटो र चिन्हारीको निम्ति नेतृत्व गर्दै आएको र यस विषयमा कसैले चिन्त गर्न पर्दैन पार्टीको निर्देश नै सर्वमान्य हुन्छ अनि सबैको पक्षमा सही समय आएपछि सही निर्णय हुनेछ भन्दै मोर्चा केन्द्रीय तहमा लिएको निर्णय नै अन्तिम निर्णय हुनेछ भनि सचिव थापाले पनि बताएका छन् |
स्मरण रहोस मंग्पू लाठपन्चर समष्टिलाई दुइवटा समष्टिमा विभाजन गरेपछि लाब्दा मंग्पू समष्टिको नेतृत्व पनि रतन थापाले नै दिन सक्ने संकेत रहेको छ साथै स्थानीय जनताको पनि यही चाहेको धेर थोर बुझिएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?