डी के वाइबा: कालेबुङ, 2 जून: जीटीए समष्टि बिभाजनको क्रममा गोजमुमो पार्टी
भित्रै रहेको विवाद विस्फोट बनेपछि अन्तत: केन्द्रिय नेताहरुको हस्तक्षेपमा उक्त
विवाद साम्य बनेको छ। मोर्चाले पार्टी भित्रको विवाद साम्य बनाउँन सके पनि समष्टि
बिभाजनको कुरालाई लिएर क्रामाकपाले प्रिक्रिया गर्दै उक्त कार्यमा पार्टीको
राजनैतिक स्वर्थ लुकेको दाबी गरेको छ। जीटीएको समष्टि बिभाजन कार्यमा प्रशासन सित
मिलेर राजनैति स्वर्थ पूर्तिको निम्ति गोजमुमो पर्टीले जनआकाक्षा बिरुद्ध काम
गरेको क्रामाकपाले आरोप लगाएको छ। क्रामाकपा महासचिव तारामाणि राईले आज
पत्रकारहरु सित कुराकानी गर्दै समष्टि
बिभाजनको बिरोधमा बिभिन्न स्थानहरुबाट गोजमुमो कार्यकर्ताहरुले बिरोध गरेको
कार्यले नै पार्टीले जन भावना बिरुद्ध काम गरेको पुष्टि भएको दाबी गर्दै यस
कार्यमा प्रशासन सित नेताहरुको मिलीभगत रहेको दाबी गरे। समष्टि बिभाजनमा मोर्चा
नेताहरु ईमान्दार नरहेको दाबी गर्दै यदि ईमान्दार हुँदो हो भने तिनीहरुले सबै
राजनैतिक पार्टीहरुसित बैठक गरेर समष्टि बिभाजन अघि कुराकानी गर्ने थिए भनि बताए
बतउँदै नेताहरुको स्वर्थ लुकेको कारण कसैसित बैठक नगरि अधिसुचना जारि गरेको तिनले
दाबी गरे। “जीटीएमा ४५ वटा समष्टि बिभाजन गर्दा प्रशासनिक सुबिधा भन्दा मोर्चा
नेतागरुको स्वर्थ धेर लुकेको छ”- तारामणि राईले भने। तिनले अलग हाइवे
समष्टिको मागलाई केन्द्र गर्दै जीटीए सिमाङ्कनमा जुन जुन नेतृत्वहरुको स्वार्थ पुर्ती हुने देखे तिनीहरु खुशी छन् भन्ने
दाबी गर्दै नयाँ समष्टिमा स्वर्थ पुरा नहुनेहरु र असुविधा हुनेहरुले बिरोध गरेको
तिनले थप जानकारी गराए। गोजमुमो पार्टीले समष्टि बिभाजनमा असुबिधा भएका जनताको
जनभावना बुझ्नको साटो तिनीहरुले कार्यकर्ताहरुलाई पार्टीबाटै निस्कासन गरेको दाबी
गर्दै पार्टीको स्वार्थमा हाईवेलाई टुक्रा टुक्रा बनाएको पनि तारामाणि राईले दाबी गरेका
छन। यसै सिलसिलामा तिनले पत्रकारहरुसित कुराकानी गर्दै गोजमुमो पार्टीले बिगत
दिनमा तराई डुवर्सको भू भाग एक ईञ्च छोड्दिन भने पनि अहिले आएर दागोपाप क्षेत्रमा
चुनाव गराउँने कुराले तिनीहरुको वास्तविक चरित्र जनता सामु उदाङ्गो भएको दाबी
गर्दै यस कुराले मोर्चाले तराई डुवर्स छोडेको कुरा प्रमाणित बनेको तिनले थप बताए।
तिनले जीटीए
कानून अनुसार जीटीएको चुनाउ तराईको 18 वटा मौजा मिलाएर 45 वटा समष्टिमा हुने निश्चित रहेको बताउँदै यता गोजमुमो पार्टीले पनि ४५ वटा
समष्टिमा नै
चुनाउ गराउने भएकोले हाइपावर कमिटीलाई पनि राजनैतिक
स्वार्थपूर्तिको खेल हुन सक्ने तिनले आशंका व्यक्त गरेका छन। हाई पावर कमिटिको
रिपोर्ट सार्बजनिक हुन अघि नै जीटीएको चुनाव ४५ वटा समष्टिम हुने कुराले तराई तराई-डुवर्सलाई
यसपल्ट पनि ठूलो धोका हुनगएको बताएको छ करामाकपा महासचिव तारामाणि
राईले दाबी गरे। यसै सिलसिलामा यदि मोर्चाले दावी गरेको तराई-डुवर्सका मौजाहरू जीटीएमा
गोजमुमोकै भनाइअनुसार अन्तर्भुक्त भए जीटीए कानून विरूद्ध 45 वटा
समष्टि बढेर ६० -७० हुनु सम्भव छ ? भनि तिनले प्रशन तेर्साए। तिनले
मोर्चाले दाबी गरेको
कुराहरु असम्भव रहेको बाताउँदै जीटीएमा दागोपापको भन्दा धेर मौजाहरु भए पनि छैटौं
अनुसुचिमा रहेको मौजाहरु भन्दा जीटीएमा दुईवटा मौजाहरु कम्ति रहेको तिनले यसै अवधी
पत्रकारहरुलाई जानकारी गराएका छन्।तिनले हाइपावर कमिटी केही समयसम्म तराई-डुवर्सका
मानिसहरूलाई थमथमाउन मात्र गठन गरेको दाबी गर्दै यदि गोजमुको
इमान्दार हुँदो हो त तराई-डुवर्सको छिनाफाना नभइ चुनाउ गर्ने थिएन अनि
तराई-डुवर्सको अन्तर्भुक्ति र जीटीए चुनाउ समान्तर रूपमा हुन्छ भन्ने दोधारे
कुरामा हस्ताक्षर गर्नेथिएन भनि राईले थप दाबी गरेका छन्।
Post a Comment
We love to hear from you! What's on your mind?