मङपु साहित्य संस्थानको तत्वावधानमा लाब्दा विभाग डल्फिन नर्सरी स्कुल भवनमा कवियत्री सुभद्र बोम्जन सावालीकृत “समयका डोबहरु” नामक बिम्ब कविता संग्रहको लोकार्पण नेपाली साहित्य सम्मेलन दार्जीलिंगका उपाध्यक्ष सचेन राईको बाहुलीबाट गरियो | संस्थान अध्यक्ष एके गुरुङको सभापतित्वमा संचालित लोकार्पण कार्यक्रममा विशिष्ट अतिथिवर्ग क्रमश: अनु मार्मिक, प्रकाश छेत्री, कालुसिंह रणपहेंली, क्षेत्रप्रेम मुखिया, पीटी यल्मो, केटी उतम, मदन राई, दिलकस विध्याभूषण, महेन्द्र स्याङबो, प्रेम शर्मा आदि उपस्थित रहेका थिए | कार्यक्रममा बिम्ब कविताको संरचना बारे विस्तृत रुपमा परिचर्चा भयो | नेसास उपाध्यक्ष राईले बर्तमानमा चलिरहेको भाषाको प्रयोगमा संक्षिप्तमा प्रकाश पार्दै हामीमा रहेको भ्रमलाई स्पष्ट पारे | यसै कार्यक्रममा उपस्थित कवि लेखकहरु क्रमश: केटी उतम, महेन्द्र स्याङबो, सानु भट्टराई, केसाङ लामा, प्रेम शर्मा, किरण ठकुरी, प्रमिला मुखिया, दिलकस विध्याभुषण, पीटी स्याङबो, दिप थापा, खगेन्द्र बराइलीले कविता, बिम्ब कविता, रुवाई एवम लघु कथाहरु पनि वाचन गरेका थिए | कार्यक्रमलाई पुष्कर सिंगर अनि बिशोर छेत्रीले संचालन गरेका थिए ||
सुभद्र बोम्जनकृत “समयका डोबहरु” - को लोकार्पण
03Dec2017
Post a Comment