मंग्पूमा नृत्य अनि संगीत प्रशिक्षण केन्द्र शुरु हुने

केशर मोक्तान: नृत्य तथा संगीत सिक्न चाहने स्थानीय मानिसहरुको निम्ति सुनौलो मौका आफ्नै आँगन रेशेप् बजार मंग्पूमा आगमी अगष्त महिना देखि शुरु हुन गइरहेको छ | सुमिकल डान्स तथा मुजिकल इन्स्टिच्युट र दाजु भाइ कला केन्द्र सिलिगुडीको संयुक्त आयोजनामा आगमी १ अगस्त देखि नृत्य तथा संगीतको प्रशिक्षण शुरु हुने जानकारी सुमिकल फाउन्डेशनका सचिव प्रयास योन्जनले दिएका छन् | मंग्पूमा नृत्य अनि संगीत सिक्न चाहनेहरुलाई यहाँ प्रथम चोटि प्रशिक्षण केन्द्र खोलिन गइरहेको छ | क्लासिकल, वेस्टर्न, हिप हप कन्टेम्पोररी, सान्सा आदिमा नृत्यको प्रशिक्षण गराइन्छ भने संगीतमा गीतार, ड्रम, किबोर्ड, भायोलिन, हार्मोनी साथै भोकलको पनि प्रशिक्षण गराइने जानकारी संस्थाका सचिवले दिएका छन् |

नृत्य तथा संगीत सिक्न चाहने स्थानीय मानिसहरुको निम्ति सुनौलो मौका आफ्नै आँगन रेशेप् बजार मंग्पूमा आगमी अगष्त महिना देखि शुरु हुन गइरहेको छ |

Read latest post filed under music

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.