बिनय तामङले आशण आरक्षणको कुरा अफुहरुको क्षमता भित्र नरहेको स्पष्टिकरण

डी के वाइबा: कालेबुङ 28 जूनः संबिधानले दिएको आरक्षण अनुरुप जीटीए चुनाउमा अनुसूचित जाति अनि जनजातिहरुको आशण आरक्षण हुनपर्छ भन्ने माग चर्किन शुरु भएपछि आज गोजमुमो सहसचिव बिनय तामङले आशण आरक्षणको कुरा अफुहरुको क्षमता भित्र नरहेको स्पष्टिकरण दिएका छन। तिनले आज पत्रकारहरुसित कुराकानी गर्दै आशण आरक्षण मोर्चाले व्यवस्था गर्ने क्षमतादेखि बाहिरको कुरारहेको बताउँदै यसमा आशण आरक्षणको निम्ति आफुहरुले समेत पहल गर्को दाबी गरे। जीटीए चुनाउमा अनुसुचित जाति तथा जनजातिहरुको आशण आरक्षण गरिनुपर्च भन्ने कुरामा गोजमुमो गम्भिर रहेको बताउँदै यस बिषयमा मोर्चा प्रमुख बिमल गुरुङले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई अघिबाटै पत्रचार गरिसकेको समेत जानकारी गराएका छन। गोजमुमो प्रमुख गुरुङले जीटीएमा आशण आरक्षणको कुरालाई लिएर सबै कुरा अनुसुचित जाति तथा जनजातिहरुका प्रतिनिधिहरुलाई जानकारी गराई सकेको समेत तिनले थप जानकारी गराए। तिनले गोजमुमो पार्टी कसैलाई भएदभाव गर्ने पार्टी होईन भन्दै यदि आशण आरक्षण गर्ने क्षमता मोर्चाको हातमा भएको भएअ सबैलाई मिलाएर अघि लाने बताउँदै आशण आरक्षण मोर्चाको जुरिडिक्सन बाहिरको कुरा रहेको स्पष्टरुपले बताएका छन। ‘यो आसन आरक्षणको क्षमता हामीमा भएको भए हामी कसैलाई भेदभाव गर्ने थिएनौं। हामी सबैलाई साथमा लिएर हिँड्‌ने अनि सबैलाई समानन्तर रूपमा लिने पार्टी हौं। आसन आरक्षण गर्नु-नगर्नु सरकारको जिम्मा हो अनि यस बिषयमा सरकारले नै स्पष्ट पार्नुपर्छ’-विनय तमाङले भने

जूनः संबिधानले दिएको आरक्षण अनुरुप जीटीए चुनाउमा अनुसूचित जाति अनि जनजातिहरुको आशण आरक्षण हुनपर्छ भन्ने माग चर्किन शुरु भएपछि आज गोजमुमो सहसचिव बिनय तामङले आशण आरक्षणको कुरा अफुहरुको क्षमता

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.