अखिल भारतीय गुरुङ तमु बौद्ध संगठन जिल्ला समितिको सभा

मंग्पू | केशर मोक्तान: अखिल भारतीय गुरुङ तमु बौद्ध संगठन जिल्ला समितिको एक आवश्यकीय सभा विग्रेडियर बेल प्रसाद गुरुङको अध्यक्षतामा ज्ञानपीठ उच्च विधालय मंग्पूको प्रेक्षागृहमा सम्पन्न भयो |
सर्वप्रथम अनुप गुरुङ जिल्ला समिति सदस्य द्वारा स्वागत भाषण राखे पश्चात समिति सचिव प्रकाश गुरुङ तक्दाह द्वारा समितिको कार्य प्रणाली बारे व्यापक रुपमा चर्चा गर्दै आजको सभा राखिनुको औचित्य प्रकाश पारे | समितिका सभापति बेलप्रसाद गुरुग द्वारा तमु जातीलाई अनुसूचित जनजातीमा अंतर्भुक्ति बारे गर्दै आएका संघर्षहरु संक्षिप्तमा स्पस्ट पारे साथै यसलाई आफ्नो लक्ष्यप्राप्ति हेतु  समितिले अझ घोर संघर्ष गर्नुपर्ने बताउनु भयो | वर्तमानमा तमु जातीले धार्मिक अल्प संख्याकको रुपमा धेरै सहुलियतहरु प्राप्त गर्दै गरेको कुरो पनि केन्द्रीय समन्वय आनन्द तमु द्वारा सभामा स्पस्ट राखे | कोषाध्यक्ष टेक गुरुङ दार्जीलिंग द्वारा यस अभियानलाई अझ सशक्त बनाउन आर्थिक रुपले पनि अघि लानु पर्ने कुरो पेश गरे | समिति सचिव द्वारा वर्खाको समयलाई ध्यान दिंदै आउँदो एजीएम अगस्त महिनाको अन्ततिर कालेबुंगमा राखिने जानकारी दिए | समिति सदश्य अमिर गुरुङ मंग्पू द्वारा आगमी एजीएममा सबै जिल्ला समिति सदस्यवर्गलाई उपस्थित भइदिने प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् |

अखिल भारतीय गुरुङ तमु बौद्ध संगठन जिल्ला समितिको एक आवश्यकीय सभा विग्रेडियर बेल प्रसाद गुरुङको अध्यक्षतामा ज्ञानपीठ उच्च विधालय मंग्पूको प्रेक्षागृहमा सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.