मंग्पू | केशर मोक्तान: क्यान्सर रोगको औषधि मानिने किवीको खेती मंग्पू सिन्कोना बगानमा शुरु गरिएको छ | सिन्कोनालाई राज्यका हर्टिकल्चर विभागले देखरेख गरेदेखि यता यहाँ सिन्कोना संग संगै औषधीय गुण भएका विभिन्न बनस्पति - फलफुलहरुको खेती गर्ने कार्य भइरहेको छ | गत दुई वर्ष अघि मंग्पू सिन्कोना बगानमा रोपिएको किवीको बोटले यसपाली देखि फल दिन शुरु गरेको छ | सिन्कोना बगान निर्देशक डा० जी० सी० सुब्बाले उक्त फलको बिरुवा कृषि विश्वविधालय लुधियाना अनि सिक्किमबाट ल्याएर सिन्कोना बगानमा खेती शुरु गरेको बताएका छन् | हालमा मंग्पू सिन्कोना बगानमा किवी फलको तीन हजार पचास बिरुवा लगाईएको छ भने कतिवटा बोटले यस वर्षदेखि फल्न शुरु गरेको छ | बजारमा उक्त फलको मूल्य ४५० रु० प्रति के० जी० रहेको छ भने एउटा फलको मूल्य सिक्किममा १ रुपिया गरेर बिक्री गरिरहेको बगान निर्देशकले बताएका छन् | किवी फल क्यान्सर रोगको उपचारको निम्ति प्रयोग गरिने जान्नमा आएको छ भने उक्त फल विदेशी रक्सी बनाउदा पनि प्रयोग गरिने थाहा लागेको छ | हालमा सिन्कोना बगानमा परिक्षणको निम्ति केही मात्रामा मात्र खेती गरिएको छ भने यदि यहाँ यसको खेती फ्रास्ताएर गए भविष्यमा यसको वृहत खेती गरिने पनि निर्देशक सुब्बाले बताएका छन् | किवीको फललाई टिप्ने समय जुलाई र अगस्त महिना मानिन्छ |
Post a Comment
We love to hear from you! What's on your mind?