भानुभक्तको 2 सय बर्षे जन्म दिवस बर्षदिन व्यापी राज्यभरी भब्यरुपमा पालन गरिने

डी के वाइबा: कालेबुङ 13 जुलाई: आदिकवि भानुभक्त आचर्यको 198 औ जन्म दिवस कार्यक्रममा बङगालका मुख्य मन्त्री ममता ब्यानर्जी सरिक बनेर आगमी 2014 मा भानुभक्तको 2 सय वर्षे जन्म जयन्ति 13 जुलाई 2013 देखि राज्यब्यापी रुपमा एकबर्ष भव्यरुपले पालन गर्ने घोषणा गरेकी छिन। यहाँको टाउन हलमा साहित्य अध्ययन समिति अनि सुचना एंव सास्कृतिक बिभाग पश्चिम बङगाल सरकारको आयोजनामा सम्पन्न 198 औ भानु जयन्ति कार्यक्रममा मुख्य अथितिका रुपमा उपस्थित रहेका मुख्य मन्त्री ममता ब्यानर्जीले नेपाली भाषामा “तपाईँहरु कस्तो हुनुहुन्छ ?” भनि प्रश्न गरे। यसै क्रममा तिनले नेपाली भाषामा बोल्दै “आदिकवि भानुभक्त प्रति मेरो हृदयबाट प्रणाम छ” भने। आदिकवि भानुभक्त आचर्यको जन्मदिवस कार्यक्रममा आईपुगेकी मुख्य मन्त्री ब्यानर्जीलाई गोजमुमो प्रवक्ता एंव कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीको नेतृत्वमा रहेको टोलिले यहाँको नोभेल्टि परिसरमा जोडदार स्वागत गर्‍यो भने यस अवसरमा लेप्चा समुदायका मानिसहरु मानिसहरु पनि दिदीको स्वागतमा भीडको साथमा भेला भएका थिए। मुख्य मन्त्री ममता ब्यानर्जीले आदिकवि भानुभक्त आचर्यको तस्बिर अघि माल्य अर्पण गरी दिप प्रज्वलन गरेपछि सुरु भएको कार्यक्रममा रागेश्री कला निकेतनका कलाकारहरुले स्वागत गित प्रस्तुत गरे। यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री ममता ब्यानर्जीले आफु पहाडमा राजनीति गर्न नआएको बताउँदै कवि भानुभक्तलाई श्रद्धा प्रकट गर्न नै कालेबुङ आईपुगेकी तिनले बताईन। तिनले आफु कालेबुङमा आएर भानुभक्त प्रति श्रद्धा प्रकट गर्दै आदिकवि भानुभक्तको आगमी 2014 मा 2 सय बर्ष जन्मदिवस  बिश्वकवि रबीन्द्र नाथको 150 जन्म दिवस जस्तै राज्यव्यापी रुपमा भब्यरुपले पालन गर्ने घोषणा गर्न नै कालेबुङ आएको तिनले बताईन। उक्त 2 सय बर्षे जन्मदिवस राज्यको हरेक बल्कहरुमा पालन गरिने जानकारी दिदै कवि भानुभक्त नेपाली जतिको निम्ति मात्र नरहेर सम्पूर्ण जातिकोको निम्ति सम्माननीय व्यक्ति रहेको जनाईन। राज्यमा परिवर्त आएपछि आफ्नो सरकारले भाषा साहित्य, संस्कृति, कला आदि क्षेत्रहरुमा बहुमूल्य योग्दान दिने सम्मानीय व्याक्तिहरुको सम्मान गर्ने कार्य गरिरहेको दाबी गर्दै महान व्यक्तिहरुको सम्मान गर्दा कुनै पनि जातिको पहिचान अनि संस्कार र संस्कृतिको संक्षण हुने ममता ब्यानर्जेले थप जनाईन। तिनले देशमा जन्म हुने महान व्यक्तिहरु कुनै पनि जातिको निम्ति मात्र महान नभएर सबै देशवासीको निम्ति महान रहेको बताउँदै कवि भानुभक्त पनि सम्पूर्ण देशवासीकै महान व्यक्तित्व हुन भनि ब्यानर्जीले थप जनाईन। बिगत दिनहरुमा राज्यमा माकपाको सरकार हुँदा भानुभक्तको जन्मदिवस पालन नगरेको बताउँदै आफु महान आफ्नो सरलारले प्रत्येक महान व्यक्तिहरुको सम्मान गर्ने तिनले थप जनाएकी छिन।

आदिकवि भानुभक्त आचर्यको 198 औ जन्म दिवस कार्यक्रममा बङगालका मुख्य मन्त्री ममता ब्यानर्जी सरिक बनेर आगमी 2014 मा भानुभक्तको 2 सय वर्षे जन्म जयन्ति 13 जुलाई 2013 देखि राज्यब्यापी रुपमा एकबर्ष भव्यरुपले

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.