दार्जीलिङ बङगालको आमा हुन त्यसैले आमा सुखी रहे जंगलमहल खुशी रहने छ – ममता ब्यानर्जी

डी के वाइबा: कालेबुङ 13 जुलाई: जीटीए चुनाउको छेकमा भानुजयन्ति कार्यक्रमको बहना बनाएर कालेबुङ आईपुगेकी ममता ब्यानर्जीले आफ्नो लक्ष्य पहाड अनि समतललाई मिलाएर एकबद्ध भई राख्न रहेको बताईन। यसै अवधि तिनले अघिनै मङपूमा नेपाली भाषा साहित्यको बिकाशको निम्ति नेपाली एकाडमी बनाउँने घोषणा गरेको कार्यलाई दोहोर्‍याउँदै पुन: उक्त नेपाली अकाडमी मङ्पूमा स्थापना गरेर नेपाली भाषा साहित्यको बिकाशको निम्ति कार्य गर्ने घोषणा गरिन। जसरी लेप्चा जातिको बिकाशको निम्ति लेप्चा बिकाश परिषद गठन गरिने छ त्यसरी नै नेपाली भाषाको बिकाशको निम्ति पनि नेपाली एकाडमी निर्माण गरिनेछ भनि तिनले कार्यक्रममा घोषणा गरिन। जीटीए चुनाउमा गोजमुमो पार्टीले निर्बिरोध बहमत हासिल गरेको बताउँदै यहाँ आफु राजनीति गर्न नआएको पनि तिनले यसै अवधी घोषणा गरिन।  जीटीए चुनाउको आचार सहीता लागिरहेको समयमा भानु जयंति कार्यक्रमलाई सम्बोधन गर्दै तिनले पहाडमा एकाधिक बिकाश कार्य जीटीएको माध्यमबाट गर्नु पर्ने बताईन। आफ्नो लगातार पहाड आउनुको मुख्य अद्देश्य पहाडको बिकाश गर्नु रहेको बताउँदै दार्जीलिङ प्राकृतिक सुन्दर भएको कारण यहाँ पर्टनको बिकाश गर्ने तिनले घोणा गरिन। पर्यटनको समयमा पहाडमा अनेकौ पर्याटकहरुको भीड जम्ने गरेको बताउँदै दार्जीलिङमा बड्दो पर्याटकहरुको भीड अनि यहाँको स्थानिय मानिसहरुको जीविका उपार्जनको निम्ति प्रत्येक क्षेत्रमा पर्यटन बिकश गर्ने तिनले घोषणा गरिन। यसै क्रममा  दार्जीलिङ प्राकृतिक सुन्दर हुँदा हुँदै पनि बिगतको सरकारले यहाँको बाटोहरुको अवस्थामा सुधार नल्याएको आरोप लगाउँदै जीटीएको माध्यमबाट सम्पूर्ण बाटोहरु व्यवस्थित बनाउँने पनि तिनले बताएकी छिन। पहाडमा थुप्रै बिकाश कार्यहरु गर्न बाँकी रहेको बताउँदै आफ्नो सरकारले यहाँ पहिलो प्राथमिकता पर्यटन बिकाशको निम्ति दिएको बताउँदै कालेबुङ, खर्साङ, मिरिक तथा कालेबुङ क्षेत्रमा पर्य्टनको बिकाश गरेर लैजाने तिनले घोषणा गरिन। यसै अविधी तिनले आगमी दिनमा सन्दकपुमा पर्यटन बिकाशको निम्ति कार्य गर्ने घोषणा गरेकी छिन। पहाडमा बिकाश कार्य अनिवार्य रहेको बताउँदै बिकाशको निम्ति पहाडमा सबैले शान्ति अनि गणतन्त्र कायम राख्नु पर्ने पनि तिनले अपिल गरेकी छिन। यसै अवधी पहाडमा बिकाश भयो भने यहाँको मानिसहरुले रोजगार पाउँनने बताउँदै यहाँको मानिसहरुले कसैलाई भिख माग्नुपर्ने अवस्था नहुने तिनले दाबी गरिन। पहाडमा बिकाश कार्य होस भन्ने चाहना राखेर नै आफु बाराम्बरा पहाड आईरहेको बताउँदै आगमी दिनहरुमा पनि यहाँको बिकाश गर्न एकचोटि होईन हजारौ चोटि पहाड आउँने तिनले घोषणा गरिन। सुन्दर पहाड सधै शान्ति बने समतल शान्ति हुनेछ भन्दै दार्जीलिङलाई बिकाशकै माध्यमले स्विजरल्याण्ड बानाएरै छँड्ने तिनले मञ्चबाट घोषणा गरिन। आज दार्जीलिङमा आफु बारम्बार आईरहेको कारण यहाँको नाम चारैतिर फैलिरहेको दाबी गर्दै प्राकृतिक सुन्दरताले भरिएको दार्जीलिङ नभएको बङाल अधुरो हुने पनि मुख्य मन्त्री ममता ब्यानर्जीले बताईन। आफ्नो सरकार माँ माटी अनि मानुसको सरकार रहेको बताउँदै दार्जीलिङ बङागालको आमा हुन भनि तिनले थप बताएकी छिन यसैले आमाको बिकाश गरे सबै सुखि हुने अनि पहाड सुखि बने जँगलमहल समेत खुशि हुने तिनले थप जनाईन।

जीटीए चुनाउको छेकमा भानुजयन्ति कार्यक्रमको बहना बनाएर कालेबुङ आईपुगेकी ममता ब्यानर्जीले आफ्नो लक्ष्य पहाड अनि समतललाई मिलाएर एकबद्ध भई राख्न रहेको बताईन।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.