गोजमुमो प्रमुख बिमल गुरुङ अनि मुख्य मन्त्री ममता ब्यानर्जी माझ बैठक सम्पन्न

डी के वाइबा: कालेबुङ 13 जुलाई:  जीटीए चुनाउको छेक पारेर भानु जयान्ति कार्यक्रमको बहना कालेबिङ आईपुगेकी मुख्य मन्त्री ममता ब्यानर्जी सित भेट गर्न दार्जीलिङबाट मोर्चा प्रमुख बिमल गुरुङ पनि आज कालेबुङ आईपुगे। कार्यक्रममा भाग लिएर मुख्य मन्त्री ब्यानर्जी यहाँको दुर्बिन स्थित सर्किट हाउममा पुगे पछि गोजमुमो प्रमुख बिमल गुरुङले तिनलाई सर्किट हाउसमा गएर भेट गरे। यस अवसरमा मोर्चा अनि ममता माझ केहि समयसम्म बैठक सम्पन्न भयो। यस अवसरमा गोअजमुमो प्रमुखको साथमा नारी मोर्चा प्रमुख आशा गुरुङ, महासचिव रोशन गिरी, बिधायकगण डा हर्कबहादुर छेत्री, त्रिलोक देवान, मोर्चा उपाध्याक्ष प्रदिप प्रधान लगायत निर्बिरोध चुनाउमा बिजयी बनेका प्रार्थीहरु पनि उपस्थित रहेका थिए। केही बेर सम्म दुवै पक्षमाझ बैठक सम्पन्न भएपछि मुख्य मन्त्री ममता ब्यानर्जी अनि मोर्चा प्रमुख बिमल गुरुङले एकै साथमा पत्रकार सम्मेलन गरेर बैठकबारे सबैलाई अवगत गराए। यस सम्बन्धमा मुख्य मन्त्री ब्यानर्जीले जीटीए चुनाउमा निर्बिरोध बिजयी बनेका प्रार्थीहरुलाई बधाई दिदै बैठकमा दर्जीलिङ पहाडमा जीटीएको माध्यमबाट कसरी बिकाश कार्य गर्न सकिन्छ भन्ने कुराकानी भएको जानकारी दिए। यसै सिलसिलामा तिनले पुन कार्यक्रममा घोषणा गरेकै कुराहरुलाई दोहोर्‍याउँदै दार्जीलिङ पहाडमा जीटीएको माध्यमबाट बिध्यालय, कलेज तथा बिश्वबिद्यालयहरु निर्माण गर्ने कुराकानी भएको बताउँदै पहाडमा पर्यटनको भरपूर बिकाश गरिने चर्चा भएको तिनले थप जनाएका छन। जीटीएको सम्झौता पत्रमा भएको कुराहरुबारे नै आजको बैठकमा कुराकानी भएको बताउँदै जीटीए बनिएपछि यहाँको बिकाश कार्य गरिने चर्चा भएको थप तिनले जनाएका छन। यसै क्रममा तृणमूल कङ्ग्रेस पार्टीका कार्यकर्ताहरु लगायत गोजमुमो पार्टी मिलेरे पहाडको बिकाश कार्य गरिने बारे पनि चर्चा भएको बताएका छन। आज भानुजयन्तिको कार्यक्रमको अवसरमा दार्जीलिङ पहाडका सबै नेताहरुसित भेटघाट गर्ने अवसर प्राप्त भएकोमा धेरै खुशि रहेको बताउँदै पहाडमा बिकाश कार्यको निम्ति राज्य सरकारको पक्षबाट सक्दो सहयोग मोर्चालाई दिने पनि ममता ब्यानर्जीले बताएकी छिन। यसै क्रममा पत्रकारहरुलाई सम्बोधन गर्दै गोजमुमो प्रमुख बिमल गुरुङ्ले गोजमुमो अनि तृणमुल कङ्ग्रेसमाझ गत केहिदिन देखि जीटीए चुनाउलाई लिएर सम्बन्धमा खराबी आईरहेको सन्दर्भमा कुराकानी भएको बताउँदै एकार्कको सम्बन्धमा कुनै नमिठोपन सृजना नहोस भन्ने चाह रखेको जनाए। मुख्य मन्त्री ममता ब्यानर्जी संग आफुहरुको राम्रो सम्बन्ध कहिल्यै नबिग्रियोस भन्ने चाह राहेको बताउँदै कतिपय छुटपुट मन मुटाउहरु बसेर समाधान गरेको थप बिमल गुरुङले जनाएका छन। आजको बैठक खुबै सकारात्मक रहेको बतौँदै बैठकमा जीटीए चुनाउमा तृणमुल कङग्रेसले प्रार्थीहरु खडा गरेको सन्दर्भम,आ पनि कुराकानी भएको गुरुङले जानकारी गराए। उक्त बैठकमा आजसम्म गोजमुमो अनि तृणमुल कङ्ग्रेसमाझ राम्रो सम्बन्ध बनेको छ त्यसलाई तोडेर नलैजाओस भनि कुराकानी भएको बताउँदै यदि सम्बन्ध तोडन चाहनेहरुलाई पार्टीले कस्तो कार्य गर्छ भन्ने कुरा तृणमूल नेताहरुले नै निर्णय गर्छ भनि जानाए। यसै सिलसिलामा तिनले एउटा प्रश्नको जवाब दिदै पहाडबाट आज 28 जना गोजमुमो पार्टीका प्रार्थीहरु निर्बिरोध बिजयी भएको कुराले नै पहादमा माकपा अथवा तृणमूल कङ्ग्रेसको जनता नभको पुष्टि गर्छ भन्दै आगमी चुनाउमा रहल सिटहरुबाट पनि मोर्चा निश्चित रुपले बिजयी हुने तिनले दाबी गरेका छन।

जीटीए चुनाउको छेक पारेर भानु जयान्ति कार्यक्रमको बहना कालेबिङ आईपुगेकी मुख्य मन्त्री ममता ब्यानर्जी सित भेट गर्न दार्जीलिङबाट मोर्चा प्रमुख बिमल गुरुङ पनि आज कालेबुङ आईपुगे।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.