सबै भातृ संगठनहरु धुरिए जीटीए सभाको प्रमुख गोजमुमो अध्यक्ष बिमल गुरुङलाई बनाउँन


 डी के वाइबा: कालेबुङ 2 जुलाई: गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पार्टी प्रमुख बिमल गुरुङले जीटीए सभाको चुनाउमा भाग लिएर उक्त जीटीए सभाको अध्यक्ष भएर बस्नु पर्ने पार्टीका सबै भातृ संगठनहरुले धुरिएर एकै स्वरमा अनुरोध गरेका छन। आज यहाँको गोजमुमो पार्टीकार्यलयमा मोर्चाका सबै भातृ संगठनहरुले छुट्टा छुट्टै पत्रकार सम्मेलन डाकेर मोर्चा प्रमुख नै जीटीए सभाको पनि प्रमुख भएर बसिदिने पार्टी कार्यकर्ताहरुको माग रहेको जानकारी गराएका छन। यता गोर्खा जनमुक्ति मोर्चा प्रमुख बिमल गुरुङले जीटीएको चुनाउमा कुनै पनि समष्टिबाट प्रतिद्वन्द्व गर्ने औपचारिक घोषणा भलै नगरे पनि तिनलाई जीटीएको अध्यक्ष भएको पार्टीले कार्यकर्ताहरुले हेर्न चाहेका छन।
गोजमुमो पार्टीको भातृ संगठनहरुले आज कालेबुङमा मोर्चा प्रमुख बिमल गुरुङ जीटीएको चुनाउमा कुनै पनि समष्टिबाट प्रतिद्वन्द्विता गरेर जीटीए सभाको अध्यक्ष समेत बस्नुपर्ने धुरिएर अनुरोध गरेका छन। मोर्चाको भातृ संगठनहरु मध्ये आन्दोलन कालमा अग्रिम पंक्तिमा रहेको नारी मोर्चा कालेबुङ महकुमा समितिका अध्यक्ष काजिम छिरिङ भोटियाले पत्रकारहरुसित कुराकाने गर्दै मोर्चा प्रमुख पार्टीका अध्यक्ष हुनको साथै सम्पूर्ण जनताको निम्ति अभिभावक सरह रहेको कारण तिनी नै पार्टी अध्यक्षको रुपमा बिसिदिनुपर्ने सम्पूर्ण नारीमोर्चा कार्यकर्ताहरुको माग रहेको बताईन। मोर्चा प्रमुख बिमल गुरुङकै कुशल नेतृत्वमा आज जीटीए पाउँन सकेको बताउँदै यत्रो संघर्ष गरेर ल्याएको जीटीए सभाम तिनी बाहेक अन्य कसैलाई पनि नारी मोर्चाले जीटीए सभाको अध्यक्षको रुपमा स्विकार नगर्ने भएको तिनले थप बताईन। 
यसै क्रममा युवा मोर्चा कालेबुङ महकुमा समितिले पनि मोर्चा प्रमुख गरुनै जीटीए सभाको अध्य्क्ष भएर बसिदिनु पर्ने माग रहेको युवा मोर्चा प्रवक्ता बिनय घिसिङले जानकारी गराए। सोहि क्रममा पार्टीको भातृसंगठहरु क्रमैले जनमुक्ति कर्मचारि संगठन, च्याम्बर अफ कमर्स, माईनोरिटी फोरम, दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियन सिन्कोना जोन आदि भातृ संगठनहरुले पनि बिमल गुरुङ नै जीटीए सभाको अध्यक्षको रुपमा बसिदिनुपर्ने अनुरोध गरेका छन। बिशेष गरेर आन्दोलनलाई यहाँसम्मको यात्रमा ल्याउँन सफल हुनुको कारण नै मोर्चा प्रमुख बिमल गुरुङको सफल नेतृत्व रहेको कारण तिनलाई सबै जनताले जीटीए चुनाउमा भाग लिएर जीटीए सभाको अध्यक्ष बनेर बिसिदिने अनुरोध गरेको सबै भातृ संगठनहरुको नेताहरुले अनुरोध गरेका छन। स्मरण रहोस राज्य सरकारले आगमी 29 जुलाईको दिन जीटीए सभाको चुनाउ हुने अधिकारीक घोषणा गरेपछि मोर्चाले 45 वटा सिटहरुबाटै प्रतिद्वन्द्व गर्ने घोषणा गरेको छ। यद्यपी पार्टीले उम्मेद्वारहरुको नाम भने अहिले सार्बजनिक नगर्ने भएको छ। जीटीए सभामा कुन कुन क्षेत्रबाट पार्टीले कसलाई टिकट दिने हुन भन्ने अहिले चाखको बिषय बनिरहेको समयमा मोर्चा प्रमुख बिमल गुरुङले चुनाउमा भाग लिने हो होईन भन्ने कुरा समेत निश्चित हुन सकेको छैन। मोर्चा प्रमुख बिमल गुरुङले जीटीए चुनाउमा स्वयले सबै उम्मेद्वारहरु चुन्ने घोषणा गरे पनि आफु स्वय भने चुनाउ लड्ने अथवा नलड्ने बिषयमा आजसम्म मुख खोलेका छैनन। तिनले आफुले चुनाउ लड्ने अथवा नलड्ने कुनै घोषणा नगरे पनि सबै क्षेत्रबाट तिनी नै जीटीए सभाको प्रमुख भएर बसिदिने दिनोदिन आईरहेको अनुरोधलाई तिनले स्विकार गरेर साँच्चै चुनावी प्रतिद्वन्द्विता भाग लिने हो होईन भन्ने कुरा भने अहिले सम्म कुनै निश्चित हुन सकेको छैन।

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.