बिशेष प्रतिनिधी: कालेबुङ 2 जुलाई: जीटीए चुनावको निम्ति सरकारी अध्यादेश जारी हुनको साथै चुनाउ आचार सहिता लागु भएकै दिन गोजमुमो प्रमुख बिमल गुरुङ कालेबुङमा पहिलो पल्ट कुनै मन्त्री जस्तै वाहनहरुको लामेताँत लगाएर आईपुगे। यस अघि तिनी कुनै मन्त्री जस्तै बाहनहरुको लामेताँत लगाएर कालेबुङ सायद यसरी कहिल्यै आएका थिएनन। छुट्टै राज्य गोर्खाल्याण्डको मागमा चलेको 44 महिने आन्दोलन पछि राज्य सरकार, केन्द्र सरकार अनि गोरजमुमो माझ गत बर्ष जीटीएमा सम्झौता भएपाछि तिनले कालेबुङ अएर कालेबुङ बासीलाई जीटीएको पहिलो उपहार स्वरुप व्यवस्थित मोटर स्ट्याण्ड अनि मल्टिकम्पेल्क्स बनाईदिने घोषणा गर्दा समेत तिनलाई यतिसाह्रो जोडदार स्वागत गरिएको थिएन। जीटीए चुनाउको सरकारी आदेश जारी भएर प्रथमपल्ट कालेबुङ आईपुगेका गुरुङलाई मोर्चा कार्यकर्ताहरुले वाहनहरु अनि बाईकहरुको लामेताँत लगाएर डेलो टुरिष्ट लजसम्म स्कट कगेर लाँदा मानिसहरु सडकमा आश्चर्यचकित बनेर हेरिरहेका थिए। यस अवसरमा तिनलाई यहाँको नोभेल्टि परिसरमा स्वागत गर्न पार्टीले सानदार गेट समेत निर्माण गरेको थियो। लक भक साँढे पाँच बजितिर कालेबुङ आईपुगेका मोर्चा प्रमुख बिमल गुरुङलाई नोभेल्टि परिसरमा निर्माण गरेको गेटमा पार्टी कार्यकर्ताहरुले फूल बर्साउँनुको साथै चामलको अक्षेता समेत बर्साएर जोडदार स्वागत गरे। तिनको स्वागतमा बसेका मोर्चा समर्थकहरुलाई गुरुङले आफ्नो वाहनबाट केहिक्षणको निम्ति ओर्लेर कुराकानी समेत गरे। यस अवसरमा गुरुङको स्वागतमा बसेका पार्टी कार्यकर्ताहरुले “बिमल गुरुङ जिन्दाबद” को नाराबाजी समेत गरे। नोभेल्टि परिसरमा तिनलाई भब्य स्वागत जनाईयो पछि तिनी पार्टी समर्थकहरुको लामेताँत वाहनहरु सितै सिधै डेलो टुरिष्ट लज़मा प्रस्थान भए। तिनी आज डेलो टुरिष्ट लाजमा बस्नेछन भने भोलि तिनले जीटीए चुनाउ सम्बन्धि प्रथम पल्ट सार्बजनिक रुपमा जनतालाई सम्बोधन गर्ने भएको छ।
Post a Comment
We love to hear from you! What's on your mind?