जीटीए चुनाउ : गोजुमोलाई टक्कर दिन तृण्मुल कङ्ग्रेस मैदानमा

नामाङकन पत्र भर्ने अन्तिम दिन तृण्मुलका 9 अनि राष्ट्रिय जनाधिकार पार्टीका एकजनाले भरे नामाङकन
डी के वाइबा: कालेबुङ 9 जुलाई:  जीटीए चुनाउको निम्ति आज नामाङकन पत्र भर्ने अन्तिम दिन तृणमुल कङ्ग्रेस पार्टीका 9 जना प्रार्थीहरुले कालेबुङ महकुमा क्षेत्रको बिभिन्न सम्ष्टिहरुबाट नामाङक पत्र दर्ता गरेका छन। तृण्मुल कङ्ग्रेस प्रार्थीहरुले आज नामाङकन पत्र दर्ता गर्न साथै जीटीए चुनाउमा गोजमुमो पार्टीको सोझो टक्कर तृण्मुल कङ्ग्रेसंग हुने निश्चित बनेको छ। गोजमुमो पार्टीले जीटीए सभाको 45 वटा समष्टिहरुमा नै सय प्रतिशत बिजय हासिल गर्ने दाबी गरेपछि उक्त दाबीलाई चुनौति दिन तृण्मुल कङ्ग्रेस मैदानमा ओर्लिएको छ। तृण्मुल कङ्ग्रेसले आज जीटीए चुनाउको निम्ति नामाङक दर्ता गर्न साथै अन्तिम मोडमा रोचक बन्न पुगेको छ। यस अघि पहिल्यै एकजना पार्थीले शनिबार आफ्नो नमाङक पत्र दर्ता गरेको कारण तृण्मुल कङ्ग्रेसबाट कालेबुङ महकुमा क्षेत्रको समष्टिहरुबाट चुनाउ लड्नेहरुको सङ्ख्या 10 पुगेको छ। यसै क्रममा नामाङकन पत्र दर्ता गर्ने अन्तिम दिन यस अघि कहिल्यै नाम नसुनेको राष्ट्रिय जनाधिकार सुरक्षा पार्टीले पनि यहाँको 35 नम्बर बोङ दुर्बीन समष्टिबाट प्रार्थी खडा गरेको छ। तृणमुल कङग्रेस पार्टीका प्रार्थीहरुले आज यहाँको महकुमा अधिकारी कार्यलयमा रहेको चुनाउ कार्यलयमा नामाङकन पत्र दर्ता गर्न आउँदा कडोर सुरक्ष व्यवस्था अप्नाईएको थियो। बिहानै नमाङक पत्र दर्ता गर्न आईपुगेका तृणमुल कङ्ग्रेस प्रार्थीहरुलाई कठोर सुरक्षा व्यवस्थाको साथमा पुलिस प्रशासनले चुनाउ कार्यलय सम्म सुरक्षा दिएर पुराएको थियो। यस अवसरमा महकुमा कार्यलयमा तृण्मुल प्रार्थीहरुलाई नामाङकन पत्र दर्ता गर्दा बाधा दिन सक्छ भनेर पुलिस प्रशासनले कठोर सुरक्षा व्यव्स्था अप्नाउँदै कार्ययल परिसरमा अन्य मानिसहरुलाई प्रवेष गर्नमाथि पनि प्रतिबन्ध लगाएको थियो। तृण्मुल कङ्ग्रेस पार्टीका प्रार्थीहरुले कठोर सुरक्षा व्यवस्थाको साथमा बिभिन्न समष्टिहरुबाट नामाङकन पत्र दर्ता गरिसकेपछि पुन तिनीहरुलाई पुलिसले सुरक्षा दिएर यहाँको पुलिस थानामा ल्याएर केहिक्षणको निम्ति राखेपछि पुलिस सुरक्षाको साथमा सिलगडी तर्फ लगेर गए। यस अवसरमा तृण्मुल कङ्ग्रेस प्रार्थीहरुको सुरक्षा देखेर मानिसहरु अवाक बनेका थिए। तृणमुल कङ्ग्रेस पार्टीले आज नामाङक पत्र भर्ने अघिबाटै निर्धारीत भएको कारण तिनीहरुलाई नामाङकन पत्र भर्न आउँदा बाटोमा बाधा दिन सक्ने कुरालाई मध्य नजर राखेर पुलिसले शहरको बिभिन्न स्थानहरुमा समेत सुरक्षा कर्मीहरु तैनाथ राखेका थिए। गोरामुमो पार्टीका पुर्व पार्षद साथै बर्तमान तृनमुल कङ्ग्रेसका नेताद्वय छिरिङ शेर्पा अनि के एन सुब्बाको साथमा आएका पूर्व गोर्खालिग नेता छेवाङ भोटिया लगायत अन्यहरुले क्रमैले आ आफ्ना नामाङक पत्र दर्ता गरेका छन। गोजमुमो पार्टीलाई आफ्नै क्षेत्रमा जीटीए चुनाउमा मात दिएर जीटीएको सत्तामा बस्न नदिन मोर्चालाई चुनावी मैदानमा चुनौति दिन उत्रेका तृण्मुल कङ्ग्रेस पार्टीबाट क्रमैले 33 नम्बर छिबो टाँसीडिङ समष्टिबाट महेन्द्र गजमेर, 35 नम्बर बोङ दुर्बीन समष्टिबाट गौतम कालिकोटे, 37 नम्बर अलगडा दलपचन्द समष्टिबाट सुकबहादुर सुब्बा, 38 नम्बर लाभा लिङ्से समष्टिबाट सी पी शर्मा, 40 नम्बर पेदोङ समष्टिबाट तृण्मुल कङ्ग्रेस खण्ड दुईका अध्यक्ष छेवाङ भोटिया, 41 नम्बर समष्टिबाट ब्रुनो लेप्चा, 42 नम्बर समष्टिबाट पिटर माईकल लिङ्दामो, 43 नम्बर गोरुबथान समष्टिबाट प्रेमबहादुर अधिकारी, 44 नम्बर सामसिङ समष्टिबाट उर्गेन शेर्पा अनि 45 नम्बर स्मष्टिबाट पेमा दोर्जे मोक्तानले नामाङकन पत्र दर्ता गरेका छन। नामाङक पत्र दर्ता गरिसकेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै तृण्मुल कङ्ग्रेस कालेब्उङ खण्ड दुईका अध्यक्ष छेवाङ भोटियाले पत्रकारहरुलाई सम्बोधन गर्दै पहाडमा गणतन्त्र फर्काएर ल्याउँन तृणमुल कङ्ग्रेस जीटीएको चुनाउमा लडन मैदानमा उत्रिएको बताएका छन। यसै क्रममा तिनले जीटीए चुनाउमा तृण्मुल कङ्ग्रेसले बिभिन्न समष्टिहरुबाट अस्सी प्रतिशत बज्य हुने समेत दाबी गरेका छन। बर्तमान समयमा गोजमुमो पार्टीले पहाडमा गणतन्त्रको हत्या गरिरहेको आरोप लगाउँदै मानिसहरु आफ्नो गणतान्त्रिक अधिकारको निम्ति अघि आउँनुपर्ने समेत आह्वान गरेका छन।
अर्कोतिर जीटीए चुनाउमा दार्जीलिङ पहाडमा कहिल्यै नसुनेको राष्ट्रिय जनाधिकार सुरक्षा पार्टीले समेत कालेबुङको 35 नम्बर बोङ दुर्बिन समष्टिबाट प्रार्थी खडा गरेको छ। उक्त पार्टीको पक्षमा आज शिवानी यरोसा प्रधानले नामाङक पत्र दर्ता गरेका छन। तिनले नामाङक पत्र दर्ता गरिसकेपछि पत्रकारहरुसित कुराकानी गर्दै पहाडमा बिकाशको मुद्दालाई पहिलो प्राथमिकता दिएको जानकारी दिएका छन। पहाडमा बर्तमान समयमा बिकाशकार्यहरु राम्रोसंग नभएको बताउँदै आफुहरुले चुनाउमा भागलिएर पहादको बिकाश बारे ध्यान दिने जानकारी गराउँदै यहाँको सबै क्षेत्रमा सर्वाङ्गिन बिकाश हुनपर्छ भनि जनाएका छन। चुनाउमा बिजय हुने कुरा कुनै मुख्य नरहेको बताउँदै चुनाउमा उठेर बिकाश कार्यबारे मानिसहरुमा वास्तविकता उजागर गर्न चाहेको पनि तिनले जानकारी दिएका छन।

नामाङकन पत्र भर्ने अन्तिम दिन तृण्मुलका 9 अनि राष्ट्रिय जनाधिकार पार्टीका एकजनाले भरे नामाङकन

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.