मङपू-लाब्दा २२ नम्बर समस्टिबाट मोर्चा उम्मेदवार रतन थापा निर्बिरोध विजय

मङपू१०जुलाई(केशर मोक्तान) जी.टी.ए.को प्रथम चुनावमा  ४५वटा आसन मध्ये मोर्चाले १२वटा असनमा निर्बिरोध विजय हासिल गरे|जसमा मङपू-लाब्दा २२ नम्बर समस्टिबाट मोर्चा उम्मेदवार रतन थापा निर्बिरोध निर्वाचित बनेका छन्|मोर्चा प्राथी रतन थापा निर्बिरोध निर्वाचित बन्न साथ स्थानीय पार्टी कार्यालयमा हिज पार्टी कार्यकर्ताहरुले रतन थापालाई खदार्पण गर्दे बधाई टक्राए|आफू यस समस्टीबाट निर्बिरोध निर्वाचित बनेकोमा सर्वप्रथम श्रीमान थापाले समस्टिका  सम्पूर्ण कार्यकर्ता तथा स्थानीय जनतालाई आभार ब्यक्त गरे|पार्टीको योग्य कार्यकर्ता तथा सिपाही सम्झेर मोर्चा अध्यक्षले बिमल गुरुङले उनलाई यस समस्टिबाट पार्टीको प्राथी बनाएकोमा रतन थापाले अध्यक्षप्रति  आभार  ब्यक्त गरेका छन्|आफू यस मङपू-लाब्दा २२ नम्बर समस्टीबाट निर्बिरोध निर्वाचित बने पछि उनले हर्ष प्रकट गर्दे प्रथम चरणमा यस क्षेत्रको शिक्षा बिषयलाई जोड़ दिएर अगि बड़ाउने साथै सिन्कोना उध्योग जी.टी.ए.भित्र अन्तर्भुक्त भएकोले प्रथमत धेरै साल देखि बन्द रहेको सिन्कोना कारखानालाई  आधुनिकरण गरेर चलाउने मूल उदेश्य रहेको पत्रकारहरुलाई जनाए|यस्तै प्रकारले यस क्षेत्रमा बुन्यादी  विकाशको योजनहरु पनि क्रमयले गर्ने थापाले बताए|पार्टीका सम्पूर्णसंस्थापक सदस्यहरुलाई निर्बिरोध निर्वाचित सदस्य रतन थापाले सबैलाई खदार्पण गरि आउने दिनको निम्ति सुभकामना दिए|हिज पार्टी कार्यालयमा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधनलाई मोर्चा मङपू जोन सचिव रतन लामाले जी.टी.ए. मार्फत सामुहिक कार्क्रमलाई आगामीदिनमा धेर महत्व दिने साथै मङपू-लाब्दा २२ नम्बर समस्टीबाट निर्बिरोध निर्वाचित हुनु भनेको मङपूको  निम्ति ठूलो सम्मानको कुरा हो भनि जनाए|

जी.टी.ए.को प्रथम चुनावमा ४५वटा आसन मध्ये मोर्चाले १२वटा असनमा निर्बिरोध विजय हासिल गरे|जसमा मङपू-लाब्दा २२ नम्बर समस्टिबाट मोर्चा उम्मेदवार रतन थापा निर्बिरोध निर्वाचित बनेका छन्|

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.