मङपूमा नेपाली अकादमी खोल्ने ममता ब्यनार्जीको घोषणालाई मङपूबासी द्वारा स्वागत

मङपू१५जुलाई(केशर मोक्तान) फेरी तेस्रो पल्ट राज्यका मुख्यमन्त्री एवम तृणमूल नेत्री  ममता ब्यनार्जीले शुक्रबार कालेबुङबाट  मङपूमा नेपाली अकादमी खोल्ने कुरा बताईन्| यस भन्दा अधि पनि तृणमूल नेत्री  ममता ब्यनार्जीले कोलकोत्ता साथै मङपूमाबाट पनि नेपाली आकदामी खोल्ने  घोषणा गरिसकेका थिइन भने मङपूमा नेपाली अकादमी खोल्ने मुख्यमन्त्रीको  बचनले समग्र मङपूबासीमा हर्षको लहर छाएको छ| मङपूमा विश्व कवि  रवीन्द्रनाथ ठाकुरले चार पल्ट बास गरेको कारण साथै सिन्कोना बगानमा पर्याप्त जमीन रकेकोले नै यस ठाउँमा नेपाली आकदामी खोल्ने ठाउँ उपयुक्त रहेको तृणमूलनेत्री ममता ब्यनार्जीले बताईन्| नेपाली अकादमी खोल्नको निम्ति चार ऐकर जमीन लाग्ने हुनाले यस बिषयमा पनि मुख्यमन्त्रीले सिन्कोना बगान निर्देशेक सित वार्तालाप गरिसकेको थाहा लागेको छ|यस बिषयमा सिन्कोना निर्देशक डा. जी.सी. सुब्बासित जान्न चाहदा उनले सिन्कोना बगानमा पर्याप्त जमीन रहेकोले यहाँ सजिलैसित  नेपाली अकादमी खोल्न सकिने बताए| मुख्यमन्त्रीले पनि मङपू भ्रमणमा आएको समय उनिसित मङपूमा नेपाली अकादमी खोल्ने सन्दर्भमा जमीन बिषयमा सोधपुछ गर्दा उनले चार ऐकर जमीन यहाँ सजिलैसित उप्लाब्द हुने मुख्यमन्त्रीलाई  जनाइसकेको बताए|सिन्कोना निर्देशकले  मङपू  सम्पूर्ण पहाड़,तराई,डुवर्श, क्षेत्रको केन्द्रस्थल मा रहेकोले पनि यहाँ नेपाली अकादमी खोल्न उत्तम ठाउँ रहेको बताए| मुख्यमन्त्रीले नेपाली अकादमी खोल्ने घोषणा गरेर मङपूको लागि मात्र नभएर समग्र साहित्यप्रेमी र साहित्यकारहरूको निम्ति हर्षको कुरा रहेको मङपूका साहित्यकार तथा नेपाली अकादमी पुरुस्कारले  सम्मानित मोहन ठकुरीले दर्पणलाई बताए|स्मरण रहोस केही महीना अघि नेपाली अकादमी मङपूमा नबनिएर अन्य ठाउँमा निर्माण गरिने खबरले निक्कै नै बिवादस्पद मचाएको थियो भने तृणमूलनेत्री  ममता ब्यनार्जीले शुक्रबार कालेबुङबाट नेपाली अकादमी मङपूमा नै खोल्ने कुरा पुनः दोराएको छ| मङपूमा नेपाली अकादमी खोल्ने कुराले धेरै जसो साहित्यकारहरुले स्वागत गरेको छ भने केही झुण्ड मानिसहरुले मात्र यसको बिरोध गरेको कुरो सहित्यकार मोहन ठकुरीले जनाए|साहित्यकार ठकुरीले कुनै पनि साहित्यक एवम सांस्कृतिक संस्थानहरु सहरमा मात्र केन्द्रित नभएर सहर बाहिर पनि स्थापीत हुनु समय अनुकुल सबैको हितमा उचित रहेको कुरो प्रस्ट पारे| तृणमूलनेत्री ममता ब्यनार्जीले मङपूमा नेपाली अकादमी खोल्ने आफ्नो अग्रिम निर्णयलाई पुनः दोराहेको  घोसणालाई  समग्र मङपूबासीले सम्मानपूर्बक स्वागत जनाएको छन|

फेरी तेस्रो पल्ट राज्यका मुख्यमन्त्री एवम तृणमूल नेत्री ममता ब्यनार्जीले शुक्रबार कालेबुङबाट मङपूमा नेपाली अकादमी खोल्ने कुरा बताईन्| यस भन्दा अधि पनि तृणमूलनेत्री ममता ब्यनार्जीले

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.