मंग्पूमा विजय उत्सव पालन | जीटीए मार्फत नयाँ मंग्पू निर्माण गर्नुपर्छ - रतन थापा

मंग्पू | केशर मोक्तान: आज गोर्खाल्याण्ड टेरिटोरीयल एडमिनिस्ट्रेसन ( जीटीए) को ४५ वटा समष्टि मध्ये १७ वटा समष्टिमा जीटीए चुनाव सम्पन्न भयो भने २२ नम्बर लाब्दा मंग्पू  समष्टिमा भने निर्विरोध निर्वाचित बनेका प्रार्थी रतन थापालाई मोर्चा मंग्पू जोनको पक्षबाट हार्दिक बधाई टक्राउदै भब्य रूपमा विजय उत्सव पालन गरियो | मोर्चा मंग्पू जोन अध्यक्ष प्रदीप छेत्रीको अध्यक्षतामा सम्पन्न भएको त्यस विजय उत्सव समारोहलाई सम्बोधन गर्दै निर्विरोध विजयी प्रार्थी  रतन थापाले जीटीए मार्फत नयाँ मंग्पू हामीले निर्माण गर्नुपर्छ |  अब हामी जीटीएको व्यवस्थामा जाँदैछौ र अब म माथि ठूलो जिम्मेवारी आएको छ | आज १७ वटा समष्टिमा सम्पन्न भइ रहेको  जीटीए चुनाव केवल नामको लागी मात्र हो , मोर्चाले सबै ठाउँमा जीत हासिल गर्नेछ भनी थापाले बताए | २२ वर्ष सम्म कसैले नगरेको काम सिन्कोना बगानमा श्रमिकहरुको हितको निम्ति मोर्चा र दार्जीलिंग तराई डुवर्स प्लान्टेशन युनियनले धेरै काम गरेको छ | आन्दोलनको अवधिमा पनि हामीले यस क्षेत्रमा थुप्रै विकाश गरेका छौ र यस वर्खाको मौसम सक्न साथै पहिले नालीडाँडा फतक देखि रेशेप् बजार सम्मको बाटो अलकत्रे गर्नेछौ साथै मंग्पू  देखि बिच कमान भएर तक्दा जाने सडक अनि सिरेल देखि लाब्दा बस्ती हुँदै खर्सांग जाने सडक निर्माण गर्नेछौ जसको टेन्डर भइसकेको पनि थापाले बताए | जीटीए सर्वांगीण बिकासको निम्ति हो, हामीले जीटीए मार्फत यस क्षेत्रको बिकाश गरेर राराज्य र केन्द्र सरकारलाई जवाब दिन पर्छ भनी थिन्ले थप बताए | नयाँ लाब्दा मंग्पू २२ नम्बर समष्टि भित्र सिन्कोना बगान, फरेस्ट बस्ती र हाइवे परेको हुनाले यहाँ मिश्रित समस्याहरु पनि छ जसलाई गहनतापूर्वक सोचेर काम गर्नु पर्ने तिनले जनाए | 
युवा मोर्चा कार्यकर्ता अनीत खातीले संचालन गरेको कार्यक्रममा दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन केन्द्रीय समितिका मूल सचिव गगन राईले स्वागत संभाषण राखे | मोर्चा मंग्पू जोनको आयोजनामा सम्पन्न भएको विजय उत्सव समारोहमा मंग्पू सांगीतिक एकाईका कलाकारवर्गले गीत प्रस्तुत गरेर स्थानीय रविन्द्र भवनमा सबैलाई नचाए | यसरी मोर्चा मंग्पू जोनको पक्षबाट यस समष्टिबाट निर्विरोध विजय बनेका रतन थापाले नेपाली टोपी पहिराएर जोन सभापति प्रदीप छेत्रीले सम्मान जनाएपछि मोर्चा मंग्पू जोन सचिव रतन लामाले बधाई पत्र पठन गरेर श्रीमान रतन थापा र उनको धर्मपत्नी पुर्णिमा थापालाई हस्तान्तरण गरे | यसै गरी नारी मोर्चा मंग्पू जोन सचिवा सुर्यमणि राईले बधाई पत्र पठन गर्दै रतन थापालाई मंग्पू नारी मोर्चाको पक्षबाट स्मृति पत्र पनि हस्तान्तरण गरे | सम्बर्धना गर्ने क्रममा मंग्पू मोटर कर्मचारी कल्याण संगठनको पक्षबाट पनि सचिव कपिल लोहारले स्मृति पत्र पठन गरेर रतन थापालाई हस्तान्तरण गरे |
मोर्चा कार्यकर्ताहरुले पटका पड्काएर नाच गान गर्दै विजय उत्सव पालन गरे | अर्कोतिर मोर्चा रम्बी बिच कमान शाखाबाट पनि प्रार्थी रतन थापालाई बधाई पत्र सुजित तामांगको बाहुलीबाट हस्तान्तरण गरियो भने समारोहमा मंग्पू वरिपरी विधालयका नानीहरुले लोक नृत्य प्रस्तुत गरे भने सिन्कोना निर्देशक डा० जी० सी० सुब्बाले पनि खादर्पण गर्दै रतन थापालाई बधाई टक्राए |

आज गोर्खाल्याण्ड टेरिटोरीयल एडमिनिस्ट्रेसन ( जीटीए) को ४५ वटा समष्टि मध्ये १७ वटा समष्टिमा जीटीए चुनाव सम्पन्न भयो भने २२ नम्बर लाब्दा मंग्पू समष्टिमा भने निर्विरोध निर्वाचित बनेका प्रार्थी

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.