First GTA Election in Darjeeling | दार्जीलिंग पहाडमा प्रथम जीटीए चुनाव शान्तिपूर्वक सम्पन्न

29 जुलाई(कालेबुङ)प्रदीप लोहगुन :- दार्जीलिङ पहाडमा जीटीएको प्रथम चुनाउ शान्तिपूर्वक सम्पन्न भयो। जीटीएको कूल 45मध्ये 17 वटा आसनको निम्ति आज भएको चुनाउमा पहाडभरि कतै पनि हिंसाको घटनाहरु भएको खबर प्राप्त भएको छैन। यद्यपि, यसपालिको चुनाउ औपचारिकता मात्र रहेकोले पहाडमा जीटीएको प्रथम चुनाउको रौनक र चहलपहल देखिएन। 17 वटा समष्टीको केही सम्वेदनशील क्षेत्रहरुमा जिल्लाप्रशासनले सुरक्षा व्यवस्था कठोर गरेको थियो। विशेष गरी जीटीएको सुकुना-पानीघट्टा, पेदोङ अनि गीतडाब्लिङ-निम्बोङ समष्टीका मतदान केन्द्रहरुमा तनाउ हुन सक्ने आशंकालाई केन्द्र गरी कठोर सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको थियो। चुनावी मैदानमा मोर्चासँग सोझो टक्कर लिन कुनै पनि दल तैयार नरहेको कारण जीटीएको चुनाउ एकपक्षीय भएको छ। मोर्चा उम्मेद्वारहरुविरुद्ध तृणमूलले प्रार्थी खडा गरेको भए पनि चुनाउको अन्तिम क्षणमा दलकी नेत्री ममता बेनर्जीले राजनैतिक रुपमा आफ्नो दलको उम्मेद्वारिता फिर्ता लिएपछि चुनाउको परिणामबारे सबैलाई थाहा भइसकेको छ। तर कालेबुङ महकुमाअन्तर्गत 41 नम्बर गीतडाब्लिङ-निम्बोङ समष्टीमा मोर्चाका असन्तुष्ट कार्यकर्ता सञ्चबीर सुब्बाले चुनावी प्रतिस्पर्धामा भाग लिएर जीटीए चुनाउलाई केही मात्रमा भए पनि रोचक पारेका छन। यो समष्टीको आसन मोर्चाको निम्ति अहिले प्रतिष्ठाको प्रश्न बनेको छ। पार्टीमा उपाध्यक्षको हैसियत राख्ने कल्याण देवानलाई मोर्चाले यहाँबाट खडा गरेको छ भने उनको बिरोधमा दलकै बिक्षुब्ध कार्यकर्ता सञ्चबीर सुब्बा अनि तृनमूलबाट ब्रुनो लेप्चा खडा भएका छन। यो समष्टीमा मूल लडाई कल्याण देवान र सञ्चबीर सुब्बाबीच भए पनि ब्रुनो लेप्चा ईसाई धर्मावलम्बी भएको कारण लेप्चा समुदाय र धार्मिक अल्पसंख्यकहरुको भोट उनले पनि पाउने तय छ। यहाँको त्रिकोणीय प्रतिस्पर्धामा भोट बिभाजन हुँदा कसको शिरमा बिजेताको पगडी गुथिँने हो भन्ने कुराले पहाडभरिकै जनसाधारणलाई रोमाञ्चित बनाएको छ। अन्य सबै आसनहरुमा मोर्चाको जीत निश्चित देखिए पनि 41 नम्बर समष्टीमा भने मोर्चाको दिग्गजहरुलाई पनि संशय अनुभव गरिरहेका छन। जीटीएको कूल 45 मध्ये 28 वटामा मोर्चा निर्विरोध बिजयी बनीसकेको छ भने आज 17 वटा आसनको निम्ति सम्पन्न भएको आसनमा पनि मोर्चाले चुनाउको औपचारिकता पूरा गरेको जस्तो मात्र देखिएको छ। पहाडका अधिकांश मतदान केन्द्रहरुमा मोर्चाबाहेक अन्य दलका पोलिङ एजेन्टहरुको उपस्थिति थिएन। लोकसभा अनि बिधानसभाको तुलनामा मतदाताहरु पनि खासै उत्साहित देखिएनन। चुनाउ परिणाम आगामी 2 अगस्तमा घोषणा गरिनेछ॥

First GTA Election in Darjeeling | दार्जीलिंग पहाडमा प्रथम जीटीए चुनाव शान्तिपूर्वक सम्पन्न : दार्जीलिङ पहाडमा जीटीएको प्रथम चुनाउ शान्तिपूर्वक सम्पन्न भयो। जीटीएको कूल 45मध्ये 17 वटा

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.