जीटीए चुनाउ : एकजना निर्दलीय लगायत नौजना तृणमुल पार्थीहरुले दियो मोर्चालाई चुनावी मैदानमा चुनौति

डी के वाइबा: कालेबुङ 12 जुलाई: दार्जीलिङ पहाडमा अन्तिम मोडमा आएर जीटीए चुनाउ खुबै रोचक बन्न पुगेको छ। जीटीए सभाको निम्ति गोजमुमो पार्टीले निर्बिरोध बहुमत हासिल गरे पनि चुनावी मैदानमा उत्रिका तृणमूल प्रार्थीहरुले भने मोर्चा संग टक्कर लिनै भएको छ। आज चुनाउको निम्ति नामाङकन दर्ता गर्नेहरुले नामाङकन पत्र फिर्ता लिने अन्तिम समय सम्म तृणमूल कङ्ग्रेसले नामाङकन पत्र फिर्ता नलिए पछि मोर्चाको निर्बिरोध 45 वटा आसनहरुमा बिजयी बन्ने सपना समेत चकनाचुर भएको छ। सबै भन्दा रोचक चुनावी टक्कर भने मोर्चाको कालेबुङ महकुमाको मोठ 9 वटा समष्टिमा हुने भएको छ। उक्त 9 वटा समष्टिहरु मध्ये मोर्चालाई बिजय गर्न सबैभन्दा धेर संघर्ष 41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टिमा गर्नु पर्ने भएको छ। उक्त समष्टिमा मोर्चा प्रमुख बिमल गुरुङले मोर्चा उपाध्यक्ष कल्याण देवानालाई प्रार्थी बनाएका छन भने मोर्चाकै नेता सञ्चबिर सुब्बाले निर्दलीय प्रार्थीको रुपमा कडा भएका छन भने तृणमूल कङ्ग्रेसबाट ब्रुनो लेप्चा खडा भएको कारण सबै भन्दा धेर संघर्षको केन्द्र बिन्दु 41 नम्बर समष्टि बन्न पुगेको छ। गोजमुमो पार्टीको बर्चस्व रहेको पहाडमा मोर्चालाई चुनावी मैदानमा चुनौति दिन ओर्लिएका तृणमूल कङग्रेस पार्टीका प्रार्थी गौतम कालिकोटेले बुधबार आफ्नो नामाङकन पत्र फिर्ता लिए पछि अन्य तृणमूलका पार्टी हरुले पनि नामाङकन पत्र फिर्ता लिने सम्भावना रहेको थियो। यस्तो ब्यापक अन्योलताबिच आज नामाङकन पत्र फिर्ता लिने अन्तिम समयसम्म मोर्चा प्रार्थीहरुले आफ्नो प्रतिपक्षीको रुपमा खडा हुने तृणमूलका प्रार्थीहरुले नामाङकन फिर्ता लिने अपेक्षा साँच्दा साँच्दै अन्तमा रहल 9 वटा सिटहरुको निम्ति 9 जना प्रार्थीहरुले नामाङकन पत्र फिर्ता नलिँदा मोर्चाका प्रार्थीहरु हिस्रिक्कै परेर चुनाउमा सय प्रतिशत भोट प्राप्त गरेर बिजयी बन्ने ठोकुवा गर्न बाध्य बनेका थिए। नामाङक पत्र फिर्ता लिने प्राशासनले 3 बजे बेलुकी अन्तिम समय निर्धारण गरेको थियो भने ठिक तीन बज्न दश मिनत बाँकी हुँदा छेवाङ भोटिया महकुमा कार्यलयमा आईपुग्दा तिनले नामाङकन पत्र फिर्ता लिन सक्ने सबैले अनुमान गरेका थिए। तर तिनले सबैको अनुमानलाई गलत प्रमाणित गर्दै आफ्नो नामाङकन पत्र फिर्ता लिन नआएर चुनाउँ चिन्ह लिन आएको बताउँदा सबै मानिसहरु आवक बनेको थियो। तिनले यसै सिलसिलामा भने – “तृणमूल कङ्ग्रेसले पहाडमा चुनावी मैदान छोडेर मोर्चालाई वकओभर दिन नामाङकन पत्र दर्ता गरेको होईन। हामी चुनाउ लडेर देखाउँने छौँ, यसमा हाम्रो जित हुन्छ भन्ने कुरामा हामी बिश्वस्त छौ” । यसै क्रममा बुधबार कालेबुङबाट नामाङकन पत्र दर्ता गर्ने तृणमूल कङ्ग्रेसका प्रार्थी गौतम कालिकोटेले नामाङकन पत्र फिर्ता लिएको सन्दर्भमा प्रश्न गर्दा उक्त कुराको आफुलाई धेरै जानकारी नभएको बताउँदै तिनलाई नै प्रश्न गर्नु भनि सुझाव दिए। बर्तमान समयमा पहाडमा गोजमुमो पार्टीले गणतन्त्रको हनन गरिरहेको दाबी गर्दै तृणमूल कङ्ग्रेसको मुल लक्ष्यनै गणतन्त्र स्थापना हो भनि छेवाङ भोटियाले थप बताएका छन। प्रशासनले निर्धारित गरेको समय सिमा सम्म कालेबुङबाट रहल तृणमुल कङ्ग्रेसका प्रार्थीहरुले नामाङकन पत्र फिर्ता नलिएपछि गोजमुमो भर्सेस तृणमूल कङ्ग्रेसको चुनावमा जोडदार टक्कर हुने भएको छ। यता गोजमुमो पार्टीका स्टडी फोरमका बरिष्ट सदस्य तथा 42 नमबर रेली समथर समष्टिका प्रार्थी डा आरबी भुजेलले पत्रकारहरुसित बोल्दै गोज्मुमो पार्टीले कालेबुङ महकुमा क्षेत्रको रहल 9 वटा सिटहरुमा निसन्देह बिजय हासिल गर्ने दाबी गरेका छन। पहाडमा गोजमुमो पार्टीसित जनमत रेअहेको कारण यहाँ अन्य राजनैतिक पार्टीहरुले बिजय हासिल गर्छ भन्ने कुरामा कसैले सन्देह गर्नु नहुने बताउँदै मोर्चा प्रार्थीहरुले सय प्रतिशत भोट पाएर बिजय हुने तिनले थप दाबी गरेका छन।
कालेबुङ महकुमा समष्टिको दृष्य
समष्टि
गोजमुमो
तृणमूल
निर्दलीय
मतदाता सङख्या
33 छिबो टाँसिडिङ
काजिम छिरिङ भोटिया
महेन्द्र गजमेर
 
13413
37 अलगडा दलपचन्द
कल्पना तामाङ
सुकबहादुर सुब्बा
 
13228
38 लाभा लिङ्से
सी पी पौड्याल
सी पी शर्मा
 
8589
40 पेदोङ
दावा लेप्चा
छेवाङ भोटिया
 
1019
41 निम्बोङ गितडाब्लिङ
कल्याण देवान
ब्रुनो लेप्चा
सञ्चबिर सुब्बा
10561
42 रेली समथार
डा आर बी भुजेल
माईकल लिङदामो
 
13714
43 गोरुबथान
चन्द्र योञ्जन
प्रेमबहादुर अधिकारी
 
19236
44 सामसिङ कुमाई
सामुएल गुरुङ
उर्गेन शेर्पा
 
8960 
45 रोङ्गो जलढका
लोब्साङ लामा
प्रेमदोर्जे मोक्ता
 
5805

दार्जीलिङ पहाडमा अन्तिम मोडमा आएर जीटीए चुनाउ खुबै रोचक बन्न पुगेको छ। जीटीए सभाको निम्ति गोजमुमो पार्टीले निर्बिरोध बहुमत हासिल गरे पनि

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.