चुनाउ आचार सहिता भुलेर पहाडलाई स्वीजरल्याण्ड बनाउँछु भन्ने ममता ब्यानर्जीको शुरु भयो बिरोध

डी के वाइबा: कालेबुङ 14 जुलाई:  भानुजयन्ति कार्यक्रममा भाग लिने बहना बनाएर जीटीए चुनाउको मुखमा कालेबुङ आईपुगेकी मुख्य मन्त्री ममता ब्यानर्जीले दार्जीलिङ पहाडमा जीटीएको चुनाउ पछि पहाडको बिकाश गरिने घोषणा गरेको 24 घण्टा बित्न नपाई तिनको बिरोध सुरु भएको छ। तिनले कार्यक्रमा पहाडको बिकाश गर्ने घोषणा गर्दै दार्जीलिङ पहाडलाई बिकाशकै माध्यमबाट स्वीजरल्याण्ड बनाउँने दाबी गर्दै पहाडमा बिकाश भए यहाँका मानिसहरुले भिख मागेर खान पर्दैन भनेको कुरामा पनि बिरोध सुरु भएको छ। मुख्य मन्त्री ब्यानर्जीले पहाडमा बिकाश भए यहाँका मानिसहरुले भिख मागेर खन पर्दैन भनेको कुरालाई उल्लेख गर्दै क्रामाकपाले शहरमा बिरोध गर्दै पोष्टरिङ पनि गरेको छ। यहाँको डम्बर चौकमा क्रामाकपा पार्टीले पोष्टरिङ गर्दै पहाडका मानिसहरु कहिल्यै भिखारी थिएन अनि कहिल्यै भिखारी हुनेछैन भन्दै एउटा साहित्यिक कार्यक्रमा आएर पहाडमा मानिसहरुलाई भिखारी भन्नु दुर्भाग्यजनक रहेको बताउँदै उक्त वक्तब्य मुख्य मन्त्रीले यथाशिघ्र फिर्ता लिनुपर्ने माग गर्दै पहाडवासी प्रति तिनले माफी माग्नुपर्ने क्रामाकपाले माग गरेको छ। यस सम्बन्धमा क्रामाकपा कालेबुङ आञ्चलिक कमिटिका प्रवक्ता मोहन पौड्यालले कुराकानी गर्दै पहाडका मानिसहरुले कहिल्यै कसैसित भिख मागेर नखाअएको दाबी गर्दै बिनाकारण भिखारी भन्ने मुख्य मन्त्रीले आफ्नो वक्तव्य फिर्ता लिएर पहाडवासी प्रति माफ माग्नुपर्ने माग गरे। पहाडका मानिसहरुले छुट्टै राज्य गोर्खाल्याण्ड माग्दा यदि मुख्यमन्त्रीले भिखारी भनेका हुन भने उक्त छुट्टै राज्यको माग तिनलाई भिख मागेको होईन भन्दै गोर्खाल्याण्डको माग भारतिय संविधान अनुरुप मागेको स्पष्टिकरण दिएका छन। ममता ब्यानर्जीले कुन सन्दर्भमा पहाडका मानिसहरुलाई भिखारी भनेका हुन भन्दै यस वक्तब्यको क्रामाकपा पार्टी घोर बिरोध गर्दछ भने। तिनले छुट्टै राज्य गोर्खाल्याण्डको बिरोध गर्दै जतिनै बङग भङग होबेना भने पनि तिनी संबिधान भन्दा माथिका व्यक्ति होईनन भन्दै छुट्टै राज्यको बिरोध गरेर तिनले संविधानको उल्लंघन गरेको मोहन पौड्याले आरोप लगाएका छन।
अर्कोतिर जीटीए चुनाउको आचार सहिता लागु भएता पनि तिनले कार्यक्रमलाई सम्बोधन गर्दै निर्धक्क रुपमा आचार सहिता समेत भुलेर दार्जीलिङ पहाडमा एकाधिक बिकाश कार्य गर्ने घोषणा गरेको कारण क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट (क्रामाकपा) पार्टीले कडा स्वरमा प्रतिक्रिया जनाएको छ। तिनले शुक्रबार यहाँको टाउन हलमा आयोजित भानुजयन्ति कार्यक्रमलाई सम्बोधन गर्दै पहाडमा पर्य़ाटकहरु अधिक मात्रमा आउँने गरेको कारण यहाँ पर्य़टन बिकाशको निम्ति धेरै कार्यहरु गरिने घोषणा गर्दै जीटीए चुनाउ पछि यहाँको बाटो, बिद्यालय आदि निर्माण गरिने घोषणा गरेकी थिईन। यसको साथै तिनले लेप्चा समुदायका मानिसहरुको भाषा संस्कृति आदिको बिकाशको निम्ति लेप्चा बिकाश परिषद अनि नेपाली भाषा साहित्यको बिकाशको निम्ति नेपाली अकादमी मङपूमा निर्माण गर्नुको साथै चाँडै सन्दकपुमा पर्टन केन्द्रको स्थापना कार्य शुरु गर्ने समेत घोषणा गरेकी थिईन। मुख्य मन्त्री ममता ब्यानर्जीले उक्त कार्यक्रममा बिकाश कार्य गर्ने घोषणा गर्नुको साथै यहाँको सर्किट हाउसमा मोर्चा नेताहरुसित बैठक गरेर पत्रकार सम्मेलनमा पनि पहाडमा जीटीएको चुनाउ पछि जोडदार बिकाशकार्यहरु गर्ने दाबी गर्दै गोजमुमो पार्टी अनि तृणमुल कङ्ग्रेसले सयुक्त रुपमा पहाडमा बिकाश गर्ने दाबी गरेकी थिईन। यस सम्बन्धमा क्रामाकपाले बिरोध गर्दै मुख्य मन्त्रीले चुनाउको मुखमा बिकाश कार्यहरु गर्ने घोषणा गरेर सरासर चुनाउ आचार सहिताको उल्लङघन गरेको आरोप लगाउँदै मुख्य मन्त्रीले गैर जिम्मेवारी पुर्वक कार्य गरेको आरोप लगाएका छन। क्रामाकपा युवा संगठनका महासचिव अरुण घतानीले यस सम्बन्धमा बोल्दै भानुजयन्ति कार्यक्रममा जे जति बोले पनि यहाँ कार्यक्रम भानुजयन्ति मात्र नभएर चुनाउ आचार सहिता लागु भईरहेको कुरालाई ममता ब्यानर्जीले किन कुनै पर्वाह नगरी बिकाश कार्यहरुको घोषणा गरेका हुन भन्ने प्रश्न गर्दै यस बिषयमा प्रशासनले किन ध्यान दिएको छैन भनि प्रश्न गरेका छन। एकजना मुख्य मन्त्री भएर यसरी चुनाउअको समयमा बिकाश कार्यहरुको घोषणा गर्नु हुँदै भन्ने कुरा थाह हुनपर्नेमा आज उक्त कुराको कुनै ख्याल नै नगरी तिनले कसरी बिकाश कार्यहरुको घोषणा गर्दै छन भन्दै के मुख्य मन्त्रीलाई चुनाउ आचार सहिता लागु हुँदैन भनि प्रश्न गरे। यस समबन्धमा तिनले चुनाउ आयोगले कडा पदक्षेप ग्रहण गरेर तिनीमाथि आवश्यक कार्वाही गर्नुपर्ने माग गर्दै यदि मुख्य मन्त्रीलाई चुनाउ आचार सहिता लागु हुदैन भने यस्तो कानुन चुनाउ आयोगले देखाउनुपर्ने पनि माग गरेका छन।

पहाडवासीले कसैलाई भिख मागेको छैन केवल अधिकार मागेका छौ – मोहन पौड्याल

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.