जीटीए सभाको पहिलो दिन नै सभासदहरुले गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर सरकारलाई पठाउँनुपर्छ – टास्क फोर्स

बिशेष प्रतिनिधी,कालेबुङ, 4 अगस्त: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) को चुनाउमा मोठ 45 वटा समष्टिमा बिजय हासिल गारेर जीटीए सभाको आधिपत्य जमाउने गोजमुमो पार्टीका सभासदहरुले आज सपथ ग्रहण गरेपछि यता गोर्खाल्याण्ड टास्क फोर्सले मोर्चालाई बधाई दिएको छ। टास्क फोर्सले मोर्चालाई बधाई दिनुको साथै मुख्य गरेर दुईवटा सुझाव पनि दिएको छ। टास्क फोर्सका अध्यक्ष रेभरेन डा एनोसदास प्रधानले आज यहाँको भागोप कार्यलयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गोर्खा जनमुक्ति मोर्चाको कॉंधमा ठूलो विकासको जिम्मेवारी आएकोले जनताले जुन विश्वास अनि आशा राखेको छ त्यो विश्वास मोर्चाले तोड्‌नुनहुने बताएका छन। गोजमुमोलाई सुझाउ राख्दै तिनले जीटीए व्यवस्थामा भ्रष्टचारमुक्त अनि पक्षपातपूर्ण विकास गर्ने कुरामा आफूहरूले आशा राखेको प्रधानले बताए। तिनले मोर्चाका सभासदहरुलाई बधाई दिए पनि अब छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन भने मोर्चाबाट सकेको बताएका छन। मोर्चाले बाराम्बार जीटीए बिकाशको निम्ति ग्रहण गरेको भन्ने भनाई प्रति प्रतिक्रिया व्यक्त गर्दै मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि लगाएर आज किन बिकाशको मुद्दालाई अघि सार्‍यो भनि प्रश्न गरे। तिनले सोहि बिषयमा बोल्दै मोर्चाले बाराम्बार जीटीएलाई 44 महिना चलेको आन्दोलनको उपलब्धि भनिरहेको सन्दर्भमा बोल्दै यसलाई उपलब्धि माने गोर्खाल्याण्डको मुद्दा कता गयो ? तिनले प्रश्न गरे। 44 महिना गोजमुमोले गरेको छुट्टै राज्यको आन्दोलन अहिले जीटीएकै निम्ति रहेछ भन्ने प्रमाणित भएको जनाउँदै तिनले भने, ‘44 महिनाको आन्दोलन जीटीएको उपलब्धी नै ठान्छ भने गोजमुमोबाट अब गोर्खाल्याण्डको आन्दोलन सकियो। 44 महिनाको गोर्खाल्याण्डको नाममा गरेको आन्दोलनलाई मोर्चाले जीटीएको उपलब्धीको रुपमा लिन्छ भने अब गोर्खाल्याण्डको मागलाई अघि लान नसकिने तिनले तर्क राखे। यदि गोजमुमोको निम्ति अहिलेलाई दार्जीलिङको विकास नै परम लक्ष्य हो भने भारतभरि छरिएर बसेका गोर्खाहरूको राष्ट्रिय चिन्हारी, जातीय अस्तित्व, अस्मिता अनि राजनैतिक सुरक्षाको निम्ति छुट्टै राज्य गठन भागोप अनि गोटाफोकोे मूल लक्ष्य हो’-प्रधानले भने। यसैले भागोपसित सम्मिलित दलहरूलाई लिएर इमान्दितातापूर्वक आफूहरूले गोर्खाल्याण्डको मागलाई अघि लैजानै भन्दै तिनले दार्जीलिङको विकास गर्दै भएपनि गोजमुमोले भागोपलाई साथ दिनपर्ने आह्वान गरे।
अर्कोतिरगोर्खाल्याण्ड टास्क फोर्सका राष्ट्रिय समन्वयक आर. मोक्ताले पत्रकारहरुसित कुराकानी गर्दै  जीटीए सभासदहरूले जीटीए सभाको पहिलो दिन नै छुट्टै राज्य गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर साज्य सरकार अनि केन्द्र सरकारलाई पठाउनु पर्ने मोर्चालाए सुझाव दिएको छ। उक्त प्रस्ताव पारित गरेर सरकारलाई पठाए भारतभरी छरिएर बसेका गोर्खाहरुको चाहना छुट्टै राज्य गोर्खाल्याण्ड हो भन्ने बुझ्नेछ भन्दै यसो गारे मात्र मोर्चा गोर्खाल्याण्ड आन्दोलन प्रति ईमान्दार छ भन्ने प्रमाणित हुनेछ भनि बताए। यसैउ क्रममा तिनले नेपाली भाषाले भारतको आठौ अनुसूचिमा मान्य पाईसकेको बताउँदै अब जीटीएमा नेपाली भाषाको प्रयोग हुनपर्ने बताए। तिनले  11 नोभेम्बर 1161 सालमा पश्चिम बङ्गाल सरकारले नेपाली भाषालाई सरकारी भाषाको रुपमा दार्जीलिङ, खरसाङ र कालेबुङको निम्ति मान्यता दिइसकेको हो भने भारत सरकारले पनि संवैधानिक मान्यता दिइसकेकोले अबउसो जीटीएको कागपत्र नेपाली भाषामा चलाउनुपर्ने बताए। तिनले यहॉं आउने सरकारी अधिकारीहरूले पनि नेपाली भाषा सिक्न, पढ्‌न जान्नुपर्ने सन्दर्भमा जीटीए सभाले एउटा अधिसूचना चॉंडै पारित गर्नुपर्ने बताए बताएका छन।

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) को चुनाउमा मोठ 45 वटा समष्टिमा बिजय हासिल गारेर जीटीए सभाको आधिपत्य जमाउने गोजमुमो पार्टीका सभासदहरुले आज

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.