कृषक कल्याण संगठनद्वारा राष्ट्रिय राजमार्ग 31 ए अवरोध

कालेबुङ 2 अक्टोबर। दार्जीलिङ पहाडका कृषकवर्गलाई केन्द्र सरकारबाट मनरेगा योजना मार्फत प्रदान गरिने बिभिन्न सहुलियतहरुबाट बञ्चित राखेको आरोप लगाउँदै आज कालेबुङ कृषक कल्याण संगठनले 31 ए राष्ट्रिय राजमार्ग चित्रेमा पथ अवरोध गर्‍यो। यस अवसरमा बिभिन्न स्थानहरुबाट कृषकवर्गको उत्साहजनक सहभागिता रहेको थियो। संघठनले यस अघिनै जिल्लापाल अनि महकुमा अधिकारीवर्गलाई केन्द्र सरकारको योजना ग्रामिण ईलाकामा कार्यन्वय नभएको जानकारी गराउँदै यस सम्बन्धमा यथाशिघ्र कार्वाही नगरे संगठनले बिरोध प्रदर्शन गर्नेछ भनेर घोषणा गरेको फलस्वरुप नै संगठनले उक्त पथ अवरोध गरेको हो। बिहान लग भग 11 बजेदेखि शुरु भएको उक्त पथ अवरोध कार्य सम्भवत तीस मिनेट सम्म जारी रह्यो। यस अवसरमा वाहनहरुको चलाचल पूर्णरुपले ठप्प रहेको थियो। संगठनका महासचिव बिष्णु छेत्रीको नेतृत्वमा रहेको टोलीले पथवरोध गर्न अघि महात्मा गाँधीको तस्विर अघि दीप प्रज्वलन गरेर देशको निम्ति शहिद हुने बीरहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गरेको थियो। संगठनले एकाएक राष्ट्रिय राजमार्गमा पथ अवरोध गरेपछि राजमार्गमा वाहनहरुको लामेताँत जाम ल;आगेको थियो भने पथ अवरोध समापन पछि पनि ट्राफिक व्यवस्था स्वाभाविक बन्नु धेरै समय लागेको थियो। यस अवसरमा संगठनका महासचिव बिष्णु छेत्रीले पथावरोधको निम्ति बिभिन्न ईलाकाहरुबाट भेला भएका कृषकवर्गलाई सम्बोधन गर्दै केन्द्र सरकारले मनरेगा योजना अनुरुप कृषकवर्गलाई प्रदान गरेको सहुलियत  दार्जीलिङ पहाडमा लागु नभएको आरोप लगाए। यस समबन्धमा संगठनले अगावै जिल्लापाल अनि महकुमा अधिकारीवर्गलाई जानकारी गराएको बताउँदै उक्त बिषयमा जिल्लापालले योजनाहरु लागु गर्नु भनि ग्राम पञ्चायतलाई निर्देश दिए पनि ग्राम पञ्चायतहरुले भने अझसम्म कतिपय योजनाहरुदेखि कृषकवर्गलाई बञ्चित राखेको तिनले आरोप लगाएका छन। सन 2007 मा केन्द्र सरकारले मनरेगा योजनाको अधिनियम बनाएर ग्रामीण कृषहरुलाई विविध सहुलियतहरु प्रदान गर्ने घोषणा गर्नुको साथै कानुन समेत पारित गरेको बताउँदै दार्जीलिङ पहाडका मोठ एकसय तेह्रवटा ग्राम पञ्चाय्तहरुले भने उक्त योजनाहरु कार्यन्वय नगरेर कानुनको उल्लंघन गरेको पनि कृषक कल्याण सनगठनका महासचिव छेत्रीले दाबी गरेका छन। मनरेगा योजना मार्फत यस्ता कतिपय योजनाहरु लागु नहुँदा दार्जीलिङ पहाडको ग्रामिण ईलाकाका मानिसहरुले बिकास कार्यबाट बञ्चित रहेको दाबी गर्दै सरकारी योजनाबाट बञ्चित गर्ने कार्यको बिरोध गर्दै पथ वरोध गरेको बताएका। तिनले सरकारलाई यो पथ अवरोध केवल सांकेतिक मात्र रहेको बताउँदै यदि यस कार्यलाई सरकारले ध्यान नदिए आगमी दिनमा सनगठनले अझ कडा कार्वाही गर्ने तिनले चेतावनी दिएका छन। सरकारले महात्मा गाँधीको नाउँमा शुरु गरेको योजनाबाट आज ग्रामिण कृषकवर्ग बञ्चित हुने कार्यले महात्मा गाँधीको नाउँनै बदनाम हुने गरेको बताउँदै आज तिनके जन्मदिनमा उक्त योजनाहरुबाट धाँधली हुने कार्य बन्द गर्नुपर्छ भनि बिष्णु छेत्रीले अझ जनाएका छन।

दार्जीलिङ पहाडका कृषकवर्गलाई केन्द्र सरकारबाट मनरेगा योजना मार्फत प्रदान गरिने बिभिन्न सहुलियतहरुबाट बञ्चित राखेको आरोप लगाउँदै आज कालेबुङ कृषक कल्याण संगठनले 31 ए राष्ट्रिय राजमार्ग चित्रेमा पथ अवरोध गर्‍यो।

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.