शहर सफा राख्नुपर्ने आह्वानसंगै र्‍याली सम्पन्न

कालेबुङ 2 अक्टोबर। स्वच्छ कालेबुङ अनि सुन्दर कालेबुङको नारा लगाउँदै आज केवानएक्स (K1X) वेलफेयर क्लबले शहरमा र्‍याली निकालेको थियो। यहाँको टाउन हल परिसरमा राष्ट्रपिता महात्मा गाँधिको तस्विर अघि माल्यार्पण तथा दीप प्रज्वलन गरेर शुरु भएको उक्त र्‍यालीमा कालेबुङ शहरलाई स्वच्छ राख्न नाराबाजी पनि लगाए। यस अवसरमा उक्त र्‍यालीमा महात्मा गाँधी बनेर सानु राजपुत सहभागी बनेका थिए। बन्देमातरको नारा संगै शहरलाई स्वच्छ राख्ने शहरवासीलाई आह्वान गर्दै क्लबका सदस्यहरुले बिभिन्न प्ला कार्डहरु बोकेका थिए भने उक्त र्‍यालीले यहाँको थानाडाँ हुँदै दसमाईल पहाटकबाट शहर परिक्रमा गरेर पुन टाउनहल परिसरमा आईपुगेर समापान भयो। यस अवसरमा क्लबका अध्यक्ष प्रकास सेवाले कालेबुङ शहरलाई स्वच्छ राख्न नै यसरी र्‍याली निकालेको जानकारी गराएका छन।

स्वच्छ कालेबुङ अनि सुन्दर कालेबुङको नारा लगाउँदै आज केवानएक्स (K1X) वेलफेयर क्लबले शहरमा र्‍याली निकालेको थियो।

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.