कालेबुङ भेटेरेन्स क्लबको स्थापना दिवस पालन

कालेबुङ, 2 अक्टोबर। राष्ट्रपति महात्मा गाँधीको जन्म दिनको अवसरमा आज कालेबुङ भेटेरेन्स क्लबले आफ्नो 16 औ स्थापना दिवस पालन गर्‍यो। यहाँको मेनरोड स्थित कल्बकै प्रेक्षा गृहमा आयोजित उक्त स्थापना दिवसको अवसरमा कालेबुङका तीनजना बिशिष्ट व्यक्तित्वहरुलाई सम्मान पनि जनाईयो। यस अवसरमा आयकर बिभागका उप कमिश्नर अञ्जु शेर्पा मुख्य अतिथिका रुपमा उअपस्थित रहेका थिए भने बिशिष्ट अतिथिका रुपला एसयुएमाआई बिद्यालयका प्राचार्य नभरत्न प्रधान, रकभेल एकाडमीका प्रचार्य कप्तान प्रकाशमणी प्रधान, पूर्व बिधायक गौलन लेप्चा उपथित रहेका थिए। मुख्य अतिथि शेर्पाको बाहुलिबाट रष्ट्रपिता महात्मा गाँधीको तस्बिरमा माल्यार्पण गरी क्लबको झण्डा उत्तोलन गरेपछि सुरु भएको कार्यक्रममा संस्थापक सदस्य तथा उत्तर बङगाल एंव सिक्किम भेटेरेन्स क्लबका सचिव ढेण्डुप भोटियाले स्वागत सम्बोधन राखे। यस अवसरमा मुख्य अतिथिको बाहुलिबाट क्लबकै प्रेक्षा गृहमा मल्टि जिमको पनि उद्घाटन गरियो। यस अवसरमा कल्बले आफ्नो 16 औ स्थापना दिवस पालन गर्दै कालेबुङको शैक्षिक बिकासमा महत्वपूर्ण योगदान पुर्‍याउँने एसयुएमआई बिद्यालयका प्राचार्य नभरत्न प्रधान, रकभेल अकादमीका प्रचार्य कप्तान प्रकाशमणी प्रधान अनि मुख्य अतिथि मञ्जु शेर्पालाई अङगवस्त्र अनि सम्मान पत्र प्रदान गरी सम्मन गरियो।

राष्ट्रपति महात्मा गाँधीको जन्म दिनको अवसरमा आज कालेबुङ भेटेरेन्स क्लबले आफ्नो 16 औ स्थापना दिवस पालन गर्‍यो।

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.