विलुप्त भइसकेको चित्रकलाको जगेरा गर्न मंग्पूका चित्रकारहरु

मंग्पू | केशर मोक्तान: प्रत्येक वर्ष झै यस वर्ष पनि मंग्पूको दुई दिने मेलामा स्थानीय सरस्वती कन्या विधालयमा मंग्पूका समग्रह चित्रकारहरु एक जूट भई चित्र प्रदर्शनी गरे | उक्त चित्र प्रदर्शनीको उद्घाटन मंग्पू सिन्कोना बगान व्यवस्थापक सी० बी० थापाको बाहुलीबाट गरियो | विलुप्त हुँदै गएको चित्रकलालाई यथावत राख्न नै यस प्रकारको चित्र प्रदर्शनी राखिएको चित्रकारहरुको भनाई छ | यस चित्र प्रदर्शनीमा मंग्पूका प्रख्यात चित्रकारहरु गणेश प्रधान, राजेन सिलाल, पुष्कर सिंगार, पुष्प कुमार राई, रवीषा रसाईली, दिपक राई अनि अनुप गुरुङले आ- आफ्नो हातले कोरेको सुन्दर चित्रहरु प्रदर्शनीमा राखेका थिए | उक्त चित्रको मूल्य प्रति ५ ००० रुपियाँ देखि लिएर ६१००० रु० सम्म रहेको चित्रकारहरुले बताएका छन् | उक्त प्रदर्शनी जीटीए वन विभागका कार्यकारी सभासद रतन थापाले पनि परिदर्शन गरे | यसरी प्रत्येक वर्ष चित्र प्रदर्शनी राख्दै विलुप्त हुँदै गएको चित्र कलालाई जागेर गर्न मंग्पूका चित्रकारहरुले कुनै कसर बाँकी राखेनन् |

प्रत्येक वर्ष झै यस वर्ष पनि मंग्पूको दुई दिने मेलामा स्थानीय सरस्वती कन्या विधालयमा मंग्पूका समग्रह चित्रकारहरु एक जूट भई चित्र प्रदर्शनी गरे

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.