गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको पर्यटन बिभागद्वारा भईरहेको बिकास कार्यहरुको घोषणा

डी के वाइबा, कालेबुङ 28 नोभेम्बर। दार्जीलिङ पहाडमा जीटीए सञ्चालन भएको चार महिना बित्न नपाई बिकाशको मूल फुटाउँन जीटीए कार्यकारी प्रमुख बिमल गुरुङ लागिपरेका छन। तिनकै निर्देशनमा आज यहाँको रेली मिशनटारमा टुरिष्ट रिसोर्टको आधारशिला राख्ने कार्य भयो भने अन्य भने भोलि दलगाउँमा लग भग पाँच करोड रुपियाको लागतमा निर्माण हुने टुरिष्ट रिसोर्टकै आधारशिला राखिने भएको छ। यस सम्बन्धमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको पर्यटन बिभागले शुरु गरेको अनि आगमी दिनमा गर्ने एकाधिक बिकाशमूलक कार्यहरुको जीटीए प्रमुख बिमल गुरुङको निर्देशनमा पर्यटन बिभागका मुख्य सचिव सोनाम भोइटियाले घोषणा गरे। तिनले जीटीए सञ्चालन भएको चार महिना भित्रमा पहाडको बिकास गर्न जीटीए प्रमुख बिमल गुरुङ स्वय लागीपरेको बताउँदै यसको निम्ति साधरण जनताको सहभागिता पनि हुनपर्ने आह्वान गरेका छन। जीटीए कार्यकारी प्रमुख बिमल गुरुङको निर्देशनमा पहाडमा पर्यटन बिभागको माध्यमबाट अहिलेसम्म शुरु भईसकेका अनि भविष्यमा सञ्चालन हुने बिकाशमूलक कार्यहरु निम्न प्रकारको रहेको पर्यटन बिभागका मुख्य सचिव सोनाम भोटियाले घोषणा गरेका छन।
निर्माण कार्यस्थानअनुमोदन राशीमोठ राशी
टुरिष्ट रिसोर्ट जामुनेजामुने5 करोड756.91 करोड
टुरिष्ट रिसोर्ट बेलटारखरसाङ5 करोङ726.64 करोड
टुरिष्ट रिसोर्ट रेली कालेबुङ5 करोड723.94
करोड
टुरिष्ट रिसोर्ट दलगाउँदलगाउँ5 करोड 705.19 करोड
सर्कुलर रोड – मल्टि पर्किङ डीआरसी गोडाउन अनि सरकारी महाविद्यालय नजिकदार्जीलिङ13 करोड सम्भवत
गोर्खा गेष्ट हाउस दिल्ली15 – 20 करोड सम्भवत
डेलो टुरिष्ट लज बडोत्तरीकालेबुङ2 करोड352.66 लाख
ट्रेडिसनल टि हाउसकालेबुङ11.13 लाख
टिस्टा त्रिवेणी कम्प्लेक्स बडोत्तरी 68.85 लाख
मिरिक झिल फेन्सिङमिरिक126.38 लाख
मञ्जु टुरिष्ट लज बडोत्तरीमञ्जु80 लाख238.51 लाख
लाभा टुरिष्ट लाज बडोत्तरी10.23 लाख
दुधे बाटो बडोत्तरीदुधे37.72 लाख
टुरिस्ट रिसिप्सन सेन्टर बडोत्तरीकालेबुङ16.71 लाख
पिउने पानी, बाटो, कार पार्किङमिरिक13.22 लाख
स्वीस कटेज मिरिक जिर्णोद्धारमिरिक117.67 लाख
रोहिनी बाटो फराकिलो गर्नेरोहिनी3.50 करोड

 जीटीएद्वारा अन्य प्रोजेक्टहरु – 1. टाईगर हिलको बाटो वान वे निर्माण गरिने। 2.जोरपोखरीको संरक्षण अनि टुरिष्ट लज निर्माण गरिने। 3. कालेबुङ डेलोदेखो बजार हुँदै रेलीसम्म रोप्वे निर्माण गरिने। 4. गोद्दे पहाड देखि रोहिनीसम्म रोप्वे निर्माण गरिने। 5. बतासे देखि रकगार्डन सम्म रोप्वे निर्माण गरिने। उक्त कार्यहरु बाहेक अन्य सबै समष्टिहरुको बिकासको निम्ति बिभागले यथाशिघ्र सर्वे गरेर बिकाशको कार्यहरु तयार पारेर गर्ने पनि पर्यटन बिभागका मुख्य सचिव सोनाम भोटियाले जानकारी दिएका छन।

दार्जीलिङ पहाडमा जीटीए सञ्चालन भएको चार महिना बित्न नपाई बिकाशको मूल फुटाउँन जीटीए कार्यकारी प्रमुख बिमल गुरुङ लागिपरेका छन। तिनकै निर्देशनमा आज

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.