मंग्पूका एक प्रख्यात चित्रकार राजु रसाइलीको निधन

मंग्पू | केशर मोक्तान: मंग्पूका प्रख्यात चित्रकार राजु रसाइली (रबिसा) को हिज ४७ वर्षको उमेरमा सिलिगुडीको एक नर्सिंग होममा आकस्मिक निधन भएको छ | चित्रकार रसाइलीको निधनले समग्र मंग्पूमा शोकको लहर ल्याएको छ | सन् १९९१ मा मंग्पूमा विथिका आर्ट अकादमी स्थापना भयो भने उनी त्यसै संस्थाका संस्थापक सदश्य रहिआएको थियो | उनको निधनले स्थानीय चित्रकला क्षेत्रमा ठूलो क्षति पुगेको अनुभव गर्छन् स्थानीय चित्रकारहरु | उनले आफ्नो मृत्युपछि श्रीमती अनि दुई छोराहरुलाई पनि छोडेर गएको छ | उनको चित्रकलाले राज्य स्तरसम्म ख्याती कमाएको अनि उनले प्रत्येक वर्ष मंग्पू वार्षीक दिवाली खेलकूदको चित्रकला प्रदर्शनीमा साथै दार्जीलिंग हेडेन हलमा आयोजन हुने हिमालयन आर्ट एक्जिवेशनमा पनि आफ्नो चित्रहरु प्रदर्शनीमा राख्ने गर्थे | उनको चित्रहरु रविसा नामले परिचित थिए भने अब उनको हातले कोरिराखेको चित्रहरु मात्र रहिरहने छ उनको स्मृतिमा | राजु रसाइली ( रविसा) को आकस्मिक निधनमा आज मंग्पू चित्रकार संघ विथिका आर्ट अकादमीले संघको अध्यक्ष गणेश प्रधानको अध्यक्षतामा एक शोक सभा आयोजन गरी दुई मिनटको मौन धारण गर्दै शोक प्रकट गरेका छन् | यस दु:खको घडीमा शोकित परिवार प्रति इश्वरले सहने क्षमता प्रदान गरुन भनि विथिका आर्ट अकादमीले प्रार्थना गरेका छन् | आज उनको पार्थीव शरीरलाई मंग्पू निज बास स्थानबाट अन्तिम संस्कार गरियो |

मंग्पूका प्रख्यात चित्रकार राजु रसाइली (रबिसा) को हिज ४७ वर्षको उमेरमा सिलिगुडीको एक नर्सिंग होममा आकस्मिक निधन भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.