मंग्पू | चन्दन खवास: भारत देश नै कृषि प्रधान देश
भएको यथार्थलाई उजागर गर्दै जीटीएले पनि आफ्नो स्थापनाकालको शुरु देखि नै
कृषकहरुलाई जोश र उत्साह प्रदान गर्न हेतु जीटीए अधिनस्थ कृषि प्रमुख
क्षेत्रहरुलाई समावेश गरी बृहत रूपमा कृषि मेलाको आयोजना गरिरहेको छ भने आज मंग्पू
जोगीघाटमा सम्पूर्ण कृषि मेलाको उदघाटन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख
कार्यपाल बिमल गुरुङको बाहुलीबाट सम्पन्न भयो| कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष
बिमल गुरुङले कृषकहरु नै देशको मेरुदण्ड रहेको बताउँदै जीटीए क्षेत्रको निम्ति पनि
जाँगरिला कृषकहरुको आवश्यकता रहेको बताए अनि यस्ता जाँगरिला कृषक =हरुलाई जीटीएले
आफ्नो तर्फबाट चाहिने सहयोग अनि सुविधाहरु उपलब्ध गराउने प्रतिवधता जाहेर गरे | कृषकहरु
कै निम्ति यस क्षेत्रमा बाटो अनि ब्रीजको निर्माण कार्यलाई प्रमुखता दिइरहेको र
भावी दिनमा कृषकहरुको सुविधालाई मध्य नजर गरी बजारबाट धेरै आय श्रोत गर्न हेतु
कोल्ड स्टोरेज अनि फारमहरु पनि निर्माण गर्ने योजना आफुले लिएको साथै यस
क्षेत्रलाई पर्यटनको निम्ति विकास गरी कटेज अनि पर्यटक विभागबाट थप योजनाहरु पनि
यथाशिघ्र लागु गरिने भनि जनाए | यस्तै प्रकारले आज भन्दा अघि सिपिएमले ३४ अनि
गोरामुमोले २१ वर्ष शासन गर्यो तर त्यस समय यस क्षेत्र पूर्णरुपले अवहेलित बनेर
गयो | तर जीटीएले यस क्षेत्रलाई स्वीजरल्याण्ड बनाउने भनि बताए | यहाँको पुरानो
झोलंगे पूललाई हेरिटेजमा परिणत गर्ने अनि यस क्षेत्रलाई ३१ ए राजमार्गसित जोड्ने,
मंग्पूमा युनिभर्सिटी बनाइने साथै ७० वर्षदेखि माथिका वृदहरुलाई १९ तारिखको दिन
जीटीए कोषबाट वृद भत्ता रु० ५०० गरेर दिने पनि घोषणा गरे | युवा जमातलाई झोडा नालामा
मात्र नभुलेर स्वरोजगारमा जोडदिनपर्ने बताए भने मेहनत र परिश्रम नै जीटीएको मूल
मन्त्र हो यसैले विकाससितै प्रत्येकले मेहनत र परिश्रम गर्न पर्ने समय आएको बताए |
जीटीएले प्रत्येक विभागबाट सुचना अनि जानकारीहरु प्रत्येक क्षेत्रका कृषक अनि
स्वरोजगार प्रति चासो राख्ने युवाहरुलाई दिने साथै चाहेको खण्डमा जीटीएले लोंनको
पनि व्यवस्था गरिदिने बताए | विकासको निम्ति २०० करोड कम्ति रहेको कारण केन्द्रीय
वित्त मन्त्रीसित प्रत्येक वर्ष ४०० करोड
दशवर्षको निम्ति उपलब्ध गराउन पर्ने जनाए भने बङ्गाल सरकारलाई विकाशको क्रममा वाधा
नदिने चेतवाना दिए भने गोर्खाल्याण्ड नै अन्तिम लक्ष्य रहेको उपस्थित भीडलाई बताए
| यसरी नै वर्ष २००२ मा शिक्षक नियुक्तिको निम्ति अन्तर्वार्ता बस्ने
उम्मेदवारहरुको नियुक्ति चाडै हुने तर १२०
जनाको मात्र कोटा रहेको हुँदा यसमा भाई भतिजा नचल्ने जनाए |
सम्बोधन कै क्रममा शिक्षा विभाग सभासद रोशन गिरीले
कृषकहरुलाई नै तकनिकीहरु उपलब्ध गराई आय श्रोतमा नयाँ मोड दिनपर्ने विषय माथि जोड दिए | सभासद फूबी
राईले अबउसो कृषि क्षेत्रमा ध्यान दिनपर्ने साथै मेहनत र परिश्रमले मात्र ती
कुराहरु सम्भव हुने बताए | यस्तै प्रकारले क्षेत्रीय सभासद रतन कुमार थापाले
विभागीय सहुलियतहरु प्राप्त गर्नको निम्ति हान थाप गरेतापनि उचित उपभोग गर्न सकेको
छैन यसैले सहुलियतलाई सही ढंगमा उपभोग गर्नको निम्ति प्रत्येक ब्यक्ति सचेत हुन
जरुरी रहेको बताए | उक्त कार्यक्रमलाई सफलीभूत तुल्याएकोमा धन्यबाद टक्राए|
आजको कार्यक्रमको अध्यक्षता रतन थापाले गरेका थिए
भने स्वागत संभाषण हर्टिकल्चर विभाग सभासद कल्याण देवानले राखे| आजको शुभ मुहर्तमा
सभासदहरु आशा गुरुङ, प्रभा छेत्री, नर्बुजी लामा तथा विभागीय अधिकारीहरुको पनि
विशिष्ट उपस्थिति रहेका थिए | कार्यक्रम संचालन विशोर कार्की, अनित खाती,
सुरेन्द्र थिंग अनि अर्पण राईले गरेका थिए |

Post a Comment
We love to hear from you! What's on your mind?