मोर्चाद्वारा राष्ट्रिय राजमार्ग ३१ए मा पिकेटिंग

मंग्पू | केशर मोक्तान: लेप्चा बिकाश परिषद  गठन गर्ने राज्य सरकारको  निर्णयले गोर्खा जातिमा अखन्डताको  भाजो हाल्ने नीति रहेको स्पस्ट पार्दै यस निर्णयको विरुद्धमा  मोर्चाले आज डाकेको १२ घण्टे  बन्द मङपु क्षेत्रमा शान्तिपूर्ण  साथ बित्यो | आज यहाँको सिन्कोना बगान,एन.एच.पी.सी. कार्यालय,यान-वाहन, दोकान-पाठ,तथा सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय पूर्ण रुपले बन्द रह्यो  | आज बिहान १० बाजे देखि लाब्दा-मङपू समष्टिका मोर्चा समर्थकहरुले राष्ट्रिय राजमार्ग ३१ए रम्बीमा झरेर दिन भरिनै पिकेटिंग गरे जसको फलस्वरूप राजमार्गमा यानवाहन एकदमै कम्ती रुपमा चलेको देखियो | राजमार्गमा कुनैपनि अप्रिय घटना घटना हुन नदिन अस्रु ग्यास सहित पूर्ण रुपले पुलिसबल तैनाथ गरिएको थियो | मोर्चा समर्थकहरुले एकता अनि शक्तिको परिचय बंगाल सरकार समक्ष पुर्याउनको निम्ति गणतान्त्रिक पद्व्तिमा  राजमार्गमा शक्ति प्रदर्शन गरे | राजमार्गमा सिक्किम अनि भुटानका वाहनहरु थोरै मात्रमा अवत जावत गरिएको देखियो भने उक्त वाहनका यात्रीहरुलाई चालकवर्गले ज्यादा भाड़ा लिएको छ वा छैन त्यो पनि पुलिस द्वरा सोधपुछ  गरिएको देखियो | राजमार्ग पिकेटिंग अवधिमा पत्रकारहरुलाई सम्बोधन गर्दे जी.टे.ए. बन विभागका कार्यकारिणी सभासद रतन थापाले आजको १२ घन्टे बन्द बंगाल सरकारको कालो नीतिको विरुद्धमा गरिएको बताउदै आज राज्य सरकारले लेप्चा बिकाश परिषद गठन गरेर गोर्खा जातिमा बिभाजन ल्याउने  षड्यन्त्र गरिरहेको जनाए | सभासद थापाले गोर्खा जात जातमा बिभाजन ल्याएर  हाम्रो सय वर्ष पुरानो छुट्टै राज्य गोर्खाल्याण्डको मांगलाई छताछुल्ल पर्ने षड्यन्त्र राज्य सरकारले गरिरहेको आरोप लगाए | बर्षौ देखि नङ- मासु जस्तो भएर बसेको गोर्खा ,लेप्चा जातिमा बिभाजन ल्याउने  प्रक्रिया आज राज्य सरकारले गरिरहेको जनाउदै, आफ्नो जातिलाई मात्र नहेरेर समग्र गोर्खा जातिको भविष्यलाई हेरेर लेप्चा दाजुभाइले आफ्नो अनशन फिर्ता लिदिने अपील सभासद रतन थापाले गरे | बन्द अवधि यस क्षेत्रमा कुनै पनि अप्रिय घटना घटेको समाचार छैन भनि पुलिसले बतएको छ |

लेप्चा बिकाश परिषद गठन गर्ने राज्य सरकारको निर्णयले गोर्खा जातिमा अखन्डताको भाजो हाल्ने नीति रहेको स्पस्ट पार्दै यस निर्णयको विरुद्धमा मोर्चाले आज डाकेको १२ घण्टे बन्द मङपु क्षेत्रमा शान्तिपूर्ण साथ बित्यो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.