मङपु:२१फरवरी(केशर मोक्तान): सिन्कोना संगै मङपुमा एपिकेक,रबर,सुन्तला,डल्ले चेउ लगायत अन्य औषधीय पौद्दाहरुको खेती गरिन्छ भने हालमा डल्ले चेउको खेती युद्धस्तरमा भइरहेको छ | बिगत २००९ साल देखि मङपुमा सिन्काना बगानमा डल्ले चेउ(बटन मश्रुम)को खेती(Button Mushroom Cultivation) शुरु गरिएको हो भने हालमा यस डल्ले चेउको खेतीले राम्रो ब्यवासाही गर्न थालेको जान्नमा आएको छ | सिन्कोना बगान निर्देशक डा.जी.सी.सुब्बाको पहलमा सिन्कोना बगानमा शुरु गरिएको डल्ले चेउको बजारमा थुप्रै मांग रहेता पनि सो मांग आज पुरा गर्न सकिएका छैन | मङपुमा प्रतिदिन ३०कि.ग्राम डल्ले चेउ उत्पादन हुन्छ भने प्रतिदिन १०० कि ग्राम भन्दा ज्यादा बजारमा मांग रहेको थाहा लागेको छ | यहाँको बटन मश्रुम बजारमा होलसेलमा १५० रुपियाँ प्रति किलोग्राम बिक्री भइरहेको छ भने खुल्ला बिक्रिगर्दा प्रतिकिलो १८० रुपियाँको दरले बिक्री भइरहेको छ | मङपुमा उत्पादन गरिएको बटन मश्रुम दार्जीलिंग,कालेबुङ,रम्बी बजार अनि सिलगुडीबाट भुटान सम्म बिक्रीमा लगिएका जान्नमा आएको छ | सिन्कोना बगान कर्मचारी बिमल पालले दर्पणलाई बताए अनुसार मङपुमा बटन मश्रुम खेती बर्षमा ८ महीना सेप्टेम्बर देखि अप्रेल महीना सम्म गर्न सकिन्छ अनि उक्त खेती गर्दा यसको जलवायु न्यूनतम तापमान १५ डिग्री अनि अधिकतम तापमान २२ डिग्री सम्म हुन् पर्ने छ जुन तापमान मङपु सीरेल बंगलो क्षेत्रमा बटन मश्रुम खेतीको निम्ति उपुक्त रहेको बिमल पाल बताउछन् | हालमा सिन्कोना बगान कर्मचारी बिमल पाल,श्याम छेत्री,अमर तामांग लगायत अन्य कर्मचारीवर्गको देखरेखमा मङपुमा बटन मश्रुम खेती व्यापक रुपमा भईरहेको छ भने सिन्कोना संग संगै यस खेतीलाई अज बृहत रुपमा लगाउने योजना बगान निर्देशक डा. जी.सी.सुब्बाको रहेको छ | चेउ खेतीबारे अज बृहत रुपमा जानकारी दिनको निम्ति मार्च महिनाको पहिलो हप्तातिर केन्द्र सरकारको पक्षबाट चेउ विशेषज्ञहरु मङपु आउने जानकारी बगान निर्देशकले दिएका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?