मंग्पूमा शिवरात्री पूजा पालन | कालीझोड़ा शिव धाममा हजारौं भक्तजनहरुको भीड़

मङपु१०मार्च(केशर मोक्तान): राष्ट्रिय राजमार्ग ३१ए देखि ३कि.मि.टाढामा अवस्थित कालीझोड़ा शिब धाममा  आज हजारौं श्रदालु भक्तजनहरुले दर्शन गरि पूजा अर्चना गरे | राष्टिय राजमार्ग ३१ ए देखि आवत जावत ६ कि.मि. पैदल यात्रा गरेर नै हजारौं श्रदालु भक्तजनहरुले शिब धाममा पुगी पूजा पाठ गरे | प्रत्येक बर्ष स्थानीय शिब धाममा कालीझोड़ा युवा परिवारद्वारा श्री श्री शिबरात्री पुजा आयोजना गर्दै आइरहेको थाहा लागेको छ | स्मरण रहोस यस शिब धाममा भक्तजनहरुले भगवान सित प्राथना गर्दै आफूले मागेको बरदान पुरा हुने धार्मिक आस्था रहि आएको कारण नै प्रत्येक बर्ष यस कालीझोड़ा शिब धाममा भक्तजनहरुको भीड़ बड़न थालेको स्थानीय पण्डितहरु जनाउछन | आज यस शिब धाममा दर्शन गर्न आउने श्रदालु भक्तजनहरुलाई फिजिकल फिटनेस सेन्टर कालीझोड़ा युवाहरुले प्रसाद स्वरुप खिर वितरण गरे,भने स्थानीय युवा परिवार साथै लोहापूल सुन्तलेका युवाहरुले जुस अनि पानी वितरण गरे | यस शिव धाममा सिलगढी,कलिम्पोंग,टिस्टा बजार,मङपु.तक्दाह,द्वार्स,हाईवे लगायत अन्य ठाउँबाट पनि भक्तजनहरु उपस्थित रहेको देखियो |
अर्कोतिर  मङपु अधिनस्त लाब्दा बिभाग  शिब मन्दिर,रेशेप शिब  मन्दिर,मङपु शिब मन्दिर,सिम्ले शिव मन्दिर,सीरिएल मन्दिर अनि लाब्दा बस्ती शिब  मन्दिरमा पनि भव्यताको साथ  शिवरात्री पूजा पालन गरियो |

राष्ट्रिय राजमार्ग ३१ए देखि ३कि.मि.टाढामा अवस्थित कालीझोड़ा शिब धाममा आज हजारौं श्रदालु भक्तजनहरुले दर्शन गरि पूजा अर्चना गरे/

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.