कृषकहरुको आय श्रोतको बलियो माध्यम कुच्चो पनि

                          सम्बन्धित विभागीय सहायताको खाँचो

सिटोङ २९ मार्च (स्वर्णभूमि सम्वाददाता) :  बाजे–बराजुले भन्ने गरेको ‘उत्तम खेती, मध्यम ब्यापार, निच चाकरी’ भन्ने उक्ति झट्ट सुन्दा आजको परिप्रेक्ष्यमा हाँसउठ्दो लागे पनि शारीरिक-मानसिक स्वास्थ्य अनि आयको दृष्टिले उक्त उक्ति अकाट्य प्रमाणित हुनजान्छ | यद्धपी पहाडमा कृषि त्यत्ति सजिलो विषय होइन तर यससंग सम्बन्धित कठिनाइहरुलाई चिन्हित गरि समयसापेक्ष बैज्ञानिक पद्धति अपनाएर कृषि क्षेत्रमा रहेका असिमित सम्भावानाहरुको खोजी गरिनका साथै सम्बन्धित बिभाग अनि निकायहरुले सहयोगको हात बढाइदिएको खण्डमा कृषि सबैभन्दा सरल, स्वाभिमानी र फाइदाजनक पेशा बन्ने कुरामा दुइमत हुन् सक्दैन | यसै प्रसंगमा भन्नपर्दा पहाडमा उत्पादन हुने विभिन्न कृषिजन्य उत्पादनहरुमा अदुवा, सुन्तला, अलैंची जस्तै कुचो(अम्लिसो) पनि एउटा मुख्य कृषि उत्पादन हो । यसलाई कृषकहरुको आय श्रोतको एउटा अर्को बलियो  माध्यम बनाउन सकिन्छ  | जस्तै ठाउँमा पनि बाँच्न सक्ने अम्लिसोलाई न त  कुनै व्यवस्थित जमीन चाहियो न त कडा मेहनत नै ।  भीर-पाखा, खोल्सा अनि बारीको कान्लाभरि फुल्ने कुचो ठण्डा - गरम प्राय: दुवै प्रकारका स्थानहरुमा हुने गर्छ जसले अन्य बिभिन्न नगदे बाली - साग सब्जी, र अन्य फसलहरु गाजर, मटर, अदुवा, डल्ले खोर्सानी, सुन्तला इत्यादिले जस्तै गाउँ-बस्तीका कृषकहरुलाई अर्को आयश्रोत प्रदान गरिरहेको छ  | पर्याप्त जमीन हुने कृषकहरुले यसैलाई धेरै मात्रामा लगानी गरेर वर्षेनी लाखौँ रुपियाँको उपार्जन गर्ने गरेका थाहा लाग्छ | कुचो  काँचो अथवा सुकाएर  दुवै प्रकारले बिक्री गर्ने गरिन्छ भने हिज - आज कतिपय स्व निर्भर दलहरुले घर मै प्रयोग गर्न  योग्यको बाटेर पनि बजारहरुमा बिक्री गर्ने गर्छन  | यसका साथै कुचोको बोट "अम्लिसो" पनि घरमा पालिएका पशुधन  गाई, बाख्रा आदिलाई घाँसको रुपमा दिइने गरिन्छ | पहाडको विभिन्न कृषि उत्पादनहरु जस्तै कुच्चोको मांग पनि बजारमा अत्यधिक रहेको हुनाले यसको खेतीबाट  कम्ति श्रममा पनि धेरै मुनाफा कमाउन सकिन्छ । साथै कुच्चोलाई राम्ररी बाटेर प्रयोग योग्यको बनाएर बजारमा निकाल्न सके झन् दोब्बर मुनाफा कमाउन सकिन्छ। कुच्चो प्रशंस्करणको लघु उद्योग बसाउनको निम्ति कतिपय सरकारी निकायहरुबाट सब्सिडाइज्ड ऋणहरु पनि पाउन सकिन्छ । यद्धपि कतिपय गाउँ-बस्ती क्षेत्रमा अझ पनि कुच्चोलाई लापरवाहीपुर्वक कसिंगरको दर्जामा नै बेच्ने गरेको देखिन्छ । कुच्चोको माग, बजार दर-भाउ आदिलाई ध्यानमा राखेर कृषकहरु आफैले यसको व्यवसायलाई व्यवस्थित प्रकारले अघि बदाउन सके धेरै लाभ कमाउन सक्ने देखिन्छ । फेरि कुच्चोको निर्यातमा प्रशासनिक बाधाहरु निक्कैझेल्नु पर्ने हुनाले पनि कृषक, ब्यापारी दुवै पक्षले नै यसको बेच बिखनमा नोक्सानी खप्न परिरहेको उनीहरु बताउछन् । हाल गरीब कृषकहरुले विभिन्न कर, खजानाहरु तिरेको जमिनबाट उत्पादन गरेको कुच्चोलाई पनि कृषि उत्पादन कै दर्जा दिएर यसको बेच बिखनलाई पनि सुगम गरिनु पर्ने  कुरामा सम्बन्धित बिभाग अनि निकायबाट पनि उचित पहल गरि कृषकहरुलाई सहयोग गर्न आवस्यक देखिएको छ | 

बाजे–बराजुले भन्ने गरेको ‘उत्तम खेती, मध्यम ब्यापार, निच चाकरी’ भन्ने उक्ति झट्ट सुन्दा आजको परिप्रेक्ष्यमा हाँसउठ्दो लागे पनि शारीरिक-मानसिक स्वास्थ्य अनि आयको दृष्टिले उक्त उक्ति अकाट्य प्रमाणित हुनजान्छ |

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.