लाब्दा गुम्बा (Donga Choeling Gumba,Labdah, Mungpoo) मा डोल्मा पूजा

Donga Choeling Gumba, Labdah, Mungpoo
मङपु७मार्च(केशर मोक्तान) : आज मङपु स्थित लाब्दा दोङा छोयलिंग सार्वजनिक बौद्ध गुम्बा(Donga Choeling Gumba, Labdah, Mungpoo) मा मोक्ष प्राप्तीको निम्ति धर्मगुरु उदय लामाद्वरा डोल्मा पूजा पाठ गरियो | बौद्ध धर्मगुरु उदय लामाले मोक्ष प्राप्तीको निम्ति नै १५ छ्या पाठ पढ़ेर यस गुम्बामा डोल्मा पूजा आयोजन गरिएको भक्तजनहरुलाई बताए | उक्त पूजा गर्दा शिल पालन गर्नु पर्ने अनि डोल्मा पूजा गर्दा धर्मगुरु अनि जिन्द(भक्तजनहरुले) दुई पक्षबाट १२ दिन अधि देखि नै मासु अनि मद - मदिरा सेवन गर्नु नहुने बताए | यसरी प्रत्येक भक्तजनहरुले “ओम तारे तुतारे शुहा” मलम जब्दै हिड़ेमा कुनै पनि दुर्घटनाबाट जोगिन सक्ने धार्मिक आस्था रहेकोले सम्पूर्ण भक्तजनहरुले उक्त मन्त्र पाठ गर्ने आग्रह गरे | यस्तै गरि सुङदी डोरीमा पनि धार्मिक शक्ति रहेको बताउदै धर्मगुरु  उदय लामा अनि सहयोगी लामाहरुद्वारा अभिषेक वाङ  वितरण गरियो | गुम्बा निर्माण समितिका सचिव सुरेन पाख्रीनले नव निर्मित गुम्बा निर्माणार्थ सहयोग गर्ने सम्पूर्ण जिन्द एवम भक्तजनहरुलाई आभार ब्यक्त गर्दे गुम्बा निर्माण कार्य अन्तिम चरणमा पुगेको कारण आगामी दिनमा अझ  सहयोग गरिदिने भक्तजनहरुलाई आग्रह गरे | सचिवले आजको धार्मिक अनुष्ठानमा  सिक्किमका समाजसेवी व्यक्तित्त्व एवम यसै गुम्बाका एक जिन्द टी.लाचुंङपा केही कारणबस अनुपस्थिति रहेको बताउदै आगामी दिनमा उनले यस गुम्बामा आगमन गर्ने कुरो भक्तजनहरुलाई आवगत गराए | यस धार्मिक अनुष्ठानका प्रमुख अतिथि जी.टी.ए. बनविभागका कार्यकारिणी सभासद रतन थापाले गुम्बा नवनिर्माणको निम्ति व्यक्तिगत रुपमा आफूले पूर्ण सहयोग गर्ने बताउदै नवनिर्मित गुम्बाको  निर्माण कार्य झट्टै समाप्त होस् भन्ने संकल्प राखे यस डोल्मा पूजामा धर्मगुरुबाट अभिषेक ग्रहण गर्न अनि गुम्बाको दर्शन गर्न धेरै संख्यामा भक्तजनहरुको उपस्थित रहेको थियो |

आज मङपु स्थित लाब्दा दोङा छोयलिंग सार्वजनिक बौद्ध गुम्बा(Donga Choeling Gumba, Labdah, Mungpoo) मा मोक्ष प्राप्तीको निम्ति धर्मगुरु उदय लामाद्वरा डोल्मा पूजा पाठ गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.