मङपु१६अप्रेल(केशर
मोक्तान): ६० हजार
जनता सिन्कोना उध्योग माथि
आश्रित छन् भने यस उध्योगलाई
बचाएर अगि लानुपर्ने
कर्तब्य आज सबै माथि आएको
छ | मरणसन्न अवस्थामा पुगिसकेको
सिन्कोना उध्योगलाई पूर्ण जीवित्
पार्न मोर्चा अनि यसको ट्रेड
युनियन पूर्ण रुपले लागिपरेको
कुरो दा.ता.डु.प्लान.ले.यू.का
पदाधिकारीवर्ग बताउछन | अग्रेजहरुको
शासनकालमा सम्भवतः १८५८ सालतिर
मङपुबाट शुरु गरिएको सिन्कोना
खेती हालमा मङपु,रोंगो,मन्सोंग,लाटपन्चर
अनि सिटोंगमा रहिआएको छ अनि
यस सिन्कोना खेतीको एउटै कारखाना
मङपुमा अवस्थित छ | जुन कारखानाको
अवस्था एकदमै जीर्ण रहेको कारण
ड्रग कन्ट्रोलर बिभाग प्.बंगाल
सरकारले गुड मेनुफेक्चर प्रेकटिस(जी.एम.पी.)
तरिकाद्वारा मात्र कारखाना
पुनः संचालन गर्ने बताउदै १९९२
साल देखि मङपु सिन्कोना कारखाना
बन्द रहि आएको छ | यस उध्योगलाई
राज्य सरकारले प्रत्यक वर्ष
२६ हजार कड़ोर घाटामा रहेको
बताएपनि यसलाई कागजी तौरमा
घाटा भएको सरकारले कहिले पनि
स्पष्ट गरेनन | तर १८जुलाई २०११मा
राज्य सरकार, केन्द्र सरकार
अनि मोर्चा माझ जी.टी.ए.सम्झौता
भएपछि सिन्कोना उद्योगलाई
पनि जी.टी.ए.मा गाभ्ने योजना
गरियो जसको फलस्वरूप २८ ओकटोबर
२०१२ मा सिन्कोना उध्योग पूर्ण
रुपले जी.टी.ए.मा अन्तर्भुक्ति
भयो | यसरी जी.टी.ए. प्रमुख बिमल
गुरुङले ६० हजार सिन्कोनाबासी
जनताको समस्यालाई मध्यनजर
राख्दै बगानबासी जनताको हितमा
३ अप्रेल २०१३मा सिन्कोना कारखाना
पुनःनिरमाणार्थ आधार शिला
राख्दै ५ कड़ोर रुपिया दिने
घोषणा गरे | हुन त पहाडमा
मोर्चाको गठनकाल २००७ देखि
नै बन्द अवस्थामा रहेको कुलेन
कारखानालाई चलाउने मोर्चा
प्रमुखले आस्वासन दिएका थिए
भने दार्जीलिंग प्लान्तेशन
लेबर यूनियनको पहिलो मांग पनि
कारखाना खुलाउने नै रहेको थियो
अनि भूमिपुत्र बगान निर्देशक
डा.जी.सी.सुब्बाले पनि आफू बगान
निर्देशक पदमा नियुक्त भएर
आए देखि नै कुलेन कारखाना खुलाउने
प्रयास जारी राखेको थिए | अब
सिन्कोना कारखानालाई पुनःनिर्माण
गर्ने कार्य शुरु हुने भए पछि
यसलाई अत्याधुनिक तकनिकी द्वारा
निर्माण गर्न प्राय ५० कड़ोर
भन्दा अधिक लागत लाग्ने सिन्कोना
बगान निर्देशकले बताएका छन् | जी.टी.ए.
बाट प्राप्त हुने ५ कड़ोर रुपियाँले
प्रथम चरणमा आधुनिक तकनिकी
सिन्कोना बोक्रा(चाम्रा) लाई
पिस्ने गराईनडीङ मेसिन बसाइने
अनि चार चरण गरेर कारखाना पुननिर्माण
कार्य पुरा गर्ने निर्देशकले
बताए |अब चाड़ै नै एउटा कमिटि
बनाएर ड्रग कन्ट्रोलर सित बैठक
बस्ने अनि कारखानालाई अत्याधुनिक
जी.एम.पी. तक्निकीद्वारा पुन
निर्माणको निम्ति पहल गरिने
योजना रहेको निर्देशकले बताए | पहिले
सिन्कोना उध्योग घाटामा रहदा
राज्य सरकारलाई दोष दिने ठाउँ
थियो भने अब यस उध्योग जी.टी.ए.मा
अन्तरभुक्त भएपछि यहाँ बाँस,गाँस
र कपाँसको सवाल आएको छ यसैले
यस उद्योगलाई बचाएर लैजान आज
प्रत्यक सिन्कोना बगान श्रमिक,कर्मचारी,अधिकारी,ट्रेड
यूनियन पदाधिकारी अनि राजनैतिक
नेतागणको खटेर काम गर्ने समय
आएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?