मङपु२२अप्रेल(निस): मङपुबाट
चिटफन्ड गृहलक्ष्मी अनि भिकार
कम्पनीले लाखौं रुपीयाँ लुटे
पछि फेरी हालैमा कम्पनी उड़ेका शारदा
ग्रुप अफ कम्पनीले २२ लाख भन्दा अधिक
रकम मङपुबाट लुटेको अनुमान छ | सिन्कोनाबासी
जनताले दश नंग्रा खियाएर खाई
नखाई कमाएको पैसा यसरी चिटफन्ड
कम्पनीहरुले लुटेर लगेपछि
शारदा ग्रुप अफ कम्पनी मङपु
शाखा कार्यालयका कर्मचारी
अनि उपभोक्तहरू बिचल्नीमा
परेका छन् | मङपु शाखा कार्यलयका
प्रमुख जोहन राईले यस क्षेत्रबाट
मार्च महीना सम्म ९ लाख रुपियाँ
यहाँबाट उक्त कम्पनीलाई संग्रह
गरेको बताए तापनि सम्पूर्ण
मङपुलाई नै देखरेख गर्ने दार्जीलिंगका
बिकाश राईले मङपुका ४६ जना
एजेन्टबाट २२ लाख भन्दा अधिक
धनराशी शारदा ग्रुप एण्ड कम्पनीलाई
जम्मा गरेको बताएका छन् | उक्त
कम्पनीलाई यस क्षेत्रबाट देखरेख
गर्ने बिकाश राइलाई यहाँको
उपभोक्ताहरुको धनराशी कसरी
हजुरले फिर्ता गर्नु हुन्छ
भनि सोधपुछ गर्दा उनले पत्रकारहरुलाई
उनि आफैमा शारदा कम्पनीका एम.डी.
संग बिश्वास हटे पछि फरवरी
महिनामा नै उनले ररेवंड डेभलबर
कम्पनी सित संग्लन रहेर त्यस
कम्पनीमा मार्केटिंग मेनेजर
गरिरहेको बताउदै उक्त रेवंड
डेभलबर प्राइभेट लिमिटेड कम्पनीमा
नै फरवरी महीना देखि शारदा
ग्रुप कम्पनीका एजेन्टहरुको
राशी पनि जम्मा गराएको बताए
अनि उनले यसको मालिक प्रितम
शर्मा रहेको अनि यस कम्पनीले
जमीन बेचबिखन गर्ने भएको कारण
त्यस कम्पनीबाट ऋण लिएर यहाँका
शारदा ग्रुप अफ कम्पनीका उपोभोक्तहरुलाई
आ आफ्नो रकम मेचुरटी भएका एक
महीना बाद फिर्ता दिने बताए | तर
शारदा कम्पनीलाई दिएको धनराशी
अर्को कम्पनीले कसरी ऋण खोलेर
दिन सकछ यो गम्भीर प्रश्न
उपभोक्ताहरुले गर्न थालेका
छन् | समयमा नै हाम्रो जनता सचेत
नबने अझ यहाँबाट लाखौं रुपियाँ
निजि कम्पनीहरुले लुटेर लाने
संकेत देखा परेको छ | यहाँको
लाटासिधा जनता लोभ लालचमा
फसेर दोबर पैसा कमाउने सोच
राखेको कारण नै हाम्रा मान्छेहरुलाई
यस्ता चिट फन्ड कम्पनीहरुले
लुट्ने गरेको देखिन्छ | यस्ता
चिट फन्ड कम्पनीमा एजेन्ट गर्ने
मानिसहरुले कति जनाले उपभोक्ताहरुको
ऋण तिर्न एव बचन सुन्न नसकेर
अन्तमा आत्महत्या गरेको सम्म
देखिएको छ | तरै पनि हाम्रो मानिस
सचेत नहुनु दुर्भाग्यजनक बिषय
बनेको छ | स्मरण रहोस मङपुमा
यस्ता निजि कम्पनीहरु अझ चारवाट
भन्दा अधिक रहेर यहाँका सीधासाधा
जनताबाट धनराशी संग्रह
गर्ने कार्य गरिरहेको थाहा
लागेको छ यसर्थ उक्त कम्पनीहरुमा
पैसा जम्मा गर्न अघि जन्ता
आफै सचेत हुन् आवश्यक देखिन्छ | यस्ता
निजि कम्पनीहरुलाई प्रशासनको
माध्यमबाट कानुनी तौरमा सोधपुछ
गर्न पर्ने नत्र भोलिको दिनमा यहाँबाट
शारदा ग्रुप जस्ता हजारौं
चिटफन्ड कम्पनीहरु जन्मिएर
यहाँको जनताको सम्पूर्ण धनराशी
नै लुट्ने प्रबल सम्भावना देखा
परेको छ | यस्ता चिटफन्ड निजि
कम्पनीहरुलाई मङपुमा भित्रिन
नदिन सम्पूर्ण जनताले नै एक
भएर आवाज उठाउन अनि बिरोध गर्ने
समय आएको छ |
शारदा ग्रुपले मङपुबाट पनि २२ लाख रुपियाँ भन्दा अधिक लुटेको अनुमान
23Apr2013
Post a Comment