लियो राईको राजीनामा माथि मोर्चा लोहापूल,सुन्तले बिरिक शाखाको प्रतिक्रिया

मङपु५अप्रेल(निस:): हिज नेपाली दैनिकमा समाचार पत्रमा प्रकाशित "गोजमुमो महकुमा सदस्यले दिए राजीनामा" शीर्षक समाचार माथि मोर्चा महकुमा समिति सदस्य लियो राई प्रति मोर्चा लोहापूल,सुन्तले बिरिक शाखाले प्रतिक्रिया व्यक्त गरेका छन् उक्त बिषयलाई लिएर शाखाको तत्वधानमा एक जरुरी सभा डाकियो | शाखाले बन्द पत्रमा के छ भनि लियो राईको परिवार कहा सोधपुछ गर्दा  यस बिषयमा कुनै पनि जानकारी नभएको कुरो लियो राईको परिवारले पोखे | यस्तो ठुलो निर्णय लिनु अघि एक पटक पनि परिवारसंग सरसल्लाह नभएकोमा सम्पूर्ण परिवारले दु:ख प्रकट गरे | सम्पूर्ण परिवारले यो कुरा बिश्वास गर्न नसेको कुरा हो  भनि स्वीकार्दै यदी त्यो बन्द पत्र राजीनामाको पत्र हो भने झट्टै फिर्ता गर्नको निम्ति अनुरोध गर्न लगाउने परिवार पक्षले जानकारी दिए | ऊक्त पत्र फिर्ता नलिए परिवारले सहन नगर्ने बारे शाखा कहा जानकारी गराएको छ | लोहापूल,सुन्तले,बिरिक शाखाको परिचय र चिन्हारी गोजमुमो पार्टी हो | यो शाखाको जनताले पार्टी अनि जातीको उत्थान  हेतु थुप्रै कष्टहरु भोगेको छन् र शाखामा अशान्ति  सृजना गर्ने अनि शाखाको नाँउ धमिलाउने  व्यक्तिहरुलाई सहन गरिने छैनन भनि शाखा पदअधिकारीवर्गले  पोखे | शाखा सभापति दलबहादुर गुरुङले बताए अनुसार यो परिवार पार्टी अनि शाखाको कर्मठ परिवार हुन् | शुरु देखि नै  आज सम्म पार्टी अनि जातीको निम्ति मरिमेट्ने परिवार हुन् | आज सम्म यी परिवारले थुप्रै कार्यक्रमहरुमा पार्टीलाई  बलियो बनाउन हेतु अघि आएका छ | तर आज यो राजिनामाको बिषयले पुरा परिवार अनि शाखामा नै समस्या र अशान्ति  श्रीष्टि गरेको छ | तर उक्त पत्र खुलासा नभएकोमा परिवार अनि शाखा आशावादी छन् | यदि त्यो पत्र महकुमा समितिको सदस्यताबाट राजीनामा दिएकै पत्र हो भने शाखाले यहाको सदस्यबाट पनि तुरुन्तै खारेज गर्ने  निर्णय लिन बाध्य हुने शाखा सचिव कल्याण राईले जानकारी दिए | उक्त सभामा युवा मोर्चा शाखा सभापति मोहन पाख्रीन,सचिव श्याम छेत्री अनि अन्य पदअधिकारिवार्ग उपस्थित र्थिए | उपस्थित शाखा पदअधिकारी वर्गको शाखा बलियो बनाउने निर्णय गर्दै सभा बर्खास्त गरियो भन्ने  जानकारी प्रेस बिज्ञप्ती मार्फत शाखा सचिव कल्याण राईले दिएका छन् |

हिज नेपाली दैनिकमा समाचार पत्रमा प्रकाशित "गोजमुमो महकुमा सदस्यले दिए राजीनामा" शीर्षक समाचार माथि मोर्चा महकुमा समिति सदस्य लियो राई प्रति मोर्चा लोहापूल,सुन्तले बिरिक शाखाले प्रतिक्रिया व्यक्त गरेका छन् |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.