मङपु सिम्बिडियम अर्किड पार्कमा पर्यटकहरुको भीड | यस बर्ष देखि कालो अर्किड पनि रोपिएको जानकारी

Employee of Cymbidium orchid mungpoo
मङपु१७अप्रेल(केशर मोक्तान)
मङपु रङबी बीचकमानमा अवस्थित सिम्बिडियम  अर्किड पार्कमा हालमा पर्यटकहरुको भीड दिन प्रतिदिन बड़दै गईरहेको छ | राज्यभित्रको मात्र नभएर देश विदेशका  पर्यटकहरु यहाको अर्किड र मनोरम दृश्य हेर्न भीड़ लाग्न थालेका छन् | सिन्कोना बगान निर्देशकको पहलमा शुरु गरिएको उक्त अर्किड पार्कमा तीस हजार भन्दा अधिक अर्किडहरु लगाएको छ फूल उत्पादक एवं स्थानीय मालीहरु पुस्कर सिंगर,रबि राई अनि सतीश राईको प्रयासमा यस  सिम्बिडियम अर्किड पार्कको पूर्णरुपले देखरेख भइरहेको छ | यी युवाहरुले सिन्कोना बगानको पक्षबाट आफूले फुलाएको अर्किड सुनखरी राष्टिय स्तरको पुष्प प्रदर्शनीमा  पनि लगेर धेरैवटा पदक जीतेर ल्याएका बताउछन् | उनीहरुले फुलाएको अर्किड फूल देखेर कोलकत्ताको एक जना पर्यटकले आँखाभरि आशु सम्म झारेको कुरो फूल उत्पादक पुस्कर सिंगर जनाउछन् हालमा यस अर्किड पार्कमा एम.सीरिस,डी.सीरिस,अनि अस्ट्रेलियण भेराइटी गरि जम्मा ४५ प्रकारको अर्किड रोपिएको छ भने यस बर्ष देखि कालो अर्किड पनि रोपिएको जानकारी फूलमालीहरुले दिएका छन् | फलत:यी तीन सिन्कोना श्रमिक युवाहरुको दिनरातको परिश्रम कारण  आज यस ठाउँ पर्यटन स्थलको प्रबल सम्भावना देखा परेको छ | उक्त  सिम्बिडियम अर्किड पार्कको उद्घाटन तीन अप्रेलको दिन जी.टी.ए.प्रमुख बिमल गुरुङको उपस्थितिमा कालेबुङ नगरपालिका अध्यक्ष एल.बी.परिवारको बाहुलीबाट गरे पछि उक्त अर्किड पार्कलाई जी.टी.ए.को पर्यटन मानचित्रमा गाभ्ने जी.टी.ए.प्रमुखले घोषणा गरिसकेका छन् | दा.गो.पा.प्.को २१ बर्षे शासनकालमा पर्यटनको मानचित्रबाट  बिमुख बनेको मङपुले अब जी.टी.ए.प्रमुखको  आस्वाशन पछि जी.टी.ए.को पर्यटन मानचित्रमा स्थान पाउला कि भन्ने स्थानीय जनताले आशा साचेर बसेका  छन् | मङपुमा बाहिरबाट पर्यटकहरु आएर बस्न चाहे आज यहाँ एउटै पनि गेस्ट हाउस  नभएको कारण पर्यटकहरु बिचल्नीमा परिरहेकोछ यसर्थ यस दिशा तर्फ पनि सम्बन्धित  बिभागले ध्यान दिएर गेस्ट हाउस निर्माण गर्न नितान्त अवश्यक देखिन्छ | मङपुमा पर्यटन विस्तार गर्नुको निम्ति स्थानीय बासिन्दाहरुले पनि सानो सानो स्टे-हाउस निर्माण गरे यहाँ पर्यटन बिस्तारको निम्ति धेरै नै सहयोग हुने  छाट देखिन्छ |

मङपु रङबी बीचकमानमा अवस्थित सिम्बोडीयम अर्किड पार्कमा हालमा पर्यटकहरुको भीड दिनप्रतिदिन बड़दै गईरहेको छ

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.