मङपु३१जुलाई(केशर मोक्तान): छुट्टै
राज्य गोर्खाल्याण्डको
मांगमा मोर्चाले डाकेको ७२
घण्टे जी.टी.ए. क्षेत्र बन्दको
तेस्रो दिन मङपु क्षेत्रमा
शान्तिपूर्बक साथ बित्यो | आज
बन्दको तेस्रो दिन पनि
मोर्चा पार्टी कार्यकर्ताहरुले
बिहान देखि बेलुकी सम्म नै
पिकेटिंग गरे | आज मोर्चा मङपु
जोनको आयोजनमा स्थानीय
नालीडाड़ामा पार्टी सभापति
प्रदीप छेत्रीको अध्यक्षतामा
एक सभा सम्पन्न भयो | पुस्कर
थापाले संचालन गरेको सभालाई
सम्बोधन गर्दे मोर्चा मङपु
जोन सचिव रतन लामाले जब सम्म
केन्द्र सरकारको स्वार्थ सीद्ध
हुदैन् तब सम्म राज्य नहुने
सम्भावना रहेकोले अब हामीले
सबै त्यगेर आन्दोलनमा उत्रिएको
हुनु पर्छ, आन्दोलनको क्रमलाई
संकल्पित भावनाले हेरेको हुनु
पर्छ जोसमा आन्दोलन हुदैन्
होस् पुराएर आन्दोलन गर्न पर्छ
अब छुट्टै राज्य गोर्खाल्याण्डको
निम्ति प्रत्येक घरबाट एक
एक सदस्य आन्दोलनको निम्ति
सडकमा उत्रिने समय आएको छ, गोर्खाल्याण्डको
निम्ति समर्पित भएर आन्दोलनको
निम्ति सबैलाई लागी पर्ने आवहान
गर्दे संबिधानको धारा ३ क को
आधारमा हामीलाई राज्य दिन पर्छ
भनि लामाले जनाए | उनले आन्दोलन
अवधी राजमार्ग रम्बीबाट पथ
अबरोध दश जना पार्टी कार्यकर्ताहरु
थुनामा परेको बताउदै उनीहरुको
परिवार साथै घरको अवस्था बारे
पनि पार्टी चिन्तीत रहेको जनाए | अर्को
बक्ता जे.एस.टी.ओं. मङपु जोन
सचिव सरोज थापाले सरकारको वर्तमान
राजनैतिक परिस्थति माथि बोल्दै
केन्द्र सरकारले तेलंगना राज्य
गठन गर्दा गोर्खाल्याण्डको
उचाहरण नभएको बताउदै तेलंगना
राज्य गठन हुनुमा कंग्रेसको
स्वार्थ हामी देख्छौं भनि बताए | उनले
संबिधानमा कुनै पनि सांसद र
विधायकको संख्या हेरेर राज्य
गठन हुन पर्छ भनि नलेखिएको
उलेख गर्दे संबिधानको धारा
३ क अनि भाषिक आधारमा राज्य
गठन हुने बताए | जी.टी.ए. प्रमुख
बिमल गुरुङको राजीनामालाई
जे.एस.टी.ओं. मङपु जोनले स्वागत
जनाउदै सचिव थापाले अबको आन्दोलनको
रूप रेखा राष्ट्रिय स्तरमा
हुनु पर्ने अनि प्रभावशाली
हुनु पर्ने बताए | जी.पी.टी.ओं
मङपु जोन सचिव सुदेश थापाले
गोर्खाल्याण्डको निम्ति तेस्रो
चरणको आन्दोलन शुरु भएको
ज्ञात गराउदै अब पार्टी होइन
जाती भएर सबैले एक सुत्रमा
आन्दोलन गर्ने सुजाव राखे | सभामा
नारी मोर्चा सचिवा सूर्यमणि
राई,पार्टी कार्यकारी सदश्य
सिठू मोक्तान,गोजाबिमो मङपु
जोन सयोजक पवन थापा,युवा मोर्चा
सभापति दयानन्द राई,ज.क.स. सचिव
प्रेम शेर्पा ,रम्बी शाखा सभापति
राजबिर पाख्रीन, जोन सहसचिव
लिलाबहादुर छेत्री आदीले
सम्बोधन गरे | अन्त्यमा सभापति
प्रदीप छेत्रीले दुई शब्द रख्दै
सभा अन्त गरे | आज तेस्रो दिनको
बन्दमा पनि एन.एच.पी.सी., सिन्कोना
बगान,स्कूल,दोकान पाठ,यानवाहन
अनि सरकारी तथा गैरसरकारी कार्यालयहरु पूर्ण रुपले बन्द रह्यो |
Post a Comment
We love to hear from you! What's on your mind?